रास्वपा सहमहामन्त्री सुमनाले किन दिइन् राजीनामा ? « Khabarhub

रास्वपा सहमहामन्त्री सुमनाले किन दिइन् राजीनामा ?


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् ।

श्रेष्ठले चैत्र १७ गते नै सभापति रवि लामिछानेलाई आफ्नो राजीनामा बुझाएको भए पनि आज कुरा बाहिर आएको हो ।

राजीनामा बुझाउनु अघि श्रेष्ठ र सभापति लामिछानेबीच लामो संवाद र कुराकानी भएको थियो । उनले पार्टीमा एक व्यक्ति एक जिम्मेवारी हुनुपर्ने भन्दै सभापति लामिछानेलाई राजीनामा पत्र बुझाएको उनको सचिवालयले बताएको छ ।

कुराकानीमा नयाँ पुस्ता पार्टी रूपान्तरणको पक्षमा भएकाले एक व्यक्ति र एक पद हुनुपर्ने भन्दै सभापतिलाई कन्भिन्स गराएर आफूले राजीनामा पत्र बुझाएकी थिइन्। 

एक व्यक्ति एक पदको विषयमा सभापति लामिछाने पनि कन्भिन्स भएर केन्द्रीय समिति बैठकले यसको निर्णय गर्ने भन्दै दुई नेताहरूको बीच छलफल भएको थियो । यस विषयमा आज बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुनेछ । केन्द्रीय समिति बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । श्रेष्ठको राजीनामा कार्यवाहक सभापति डीपी अर्यालसँग रहेको बताइएको छ । 

‘माननीयज्यूले एक व्यक्ति एक पद हुनुपर्छ भन्ने अडान राखेर आफू संसदीय जिम्मेवारी सम्हाल्ने भन्दै राजीनामा पत्र बुझाउनुभएको हो । सभापति पनि यो विषयमा कन्भिन्स हुनुहुन्थ्यो’, श्रेष्ठको सचिवालयले भन्यो, ‘संसदीय जिम्मेवारीमा भएको हिसाबले गर्दा पार्टीको जिम्मेवारीका कामहरू कतिपय ओझेलमा पर्ने भन्दै अर्को व्यक्तिलाई आफ्नो पद दिन उहाँले राजीनामा बुझाउनुभएको हो।’

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ११ : ४१ बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको