गार्डियन माइक्रोकाे विषेश साधारणसभा बीमा प्राधिकरणले रोक्यो « Khabarhub

गार्डियन माइक्रोकाे विषेश साधारणसभा बीमा प्राधिकरणले रोक्यो


४ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा रोकिएको छ ।

कम्पनीका सचिव रामप्रसाद पौडेलका अनुसार इन्स्योरेन्सको गत चैत १८ गते बसेको बैठकको निर्णय अनुसार वैशाख ५ गते शुक्रबार बोलाइएको विशेष साधारणसभा बीमा प्राधिकारले रोक लगाएको हो ।

प्राधिकरणको नियम महाशाखाले वैशाख २ गतेको पत्रबाट विशेष साधारणसभा रोक्न निर्देशन दिएको थियो । उक्त निर्देशन पछि कम्पनीले साधारणसभा गर्न रोक लगाएको पौडेलले जानकारी दिए । 

बीमा प्राधिकरणका निर्देशक शम्भुराज लामिछानेका अनुसार इन्स्योरेन्सले आफूखुशी गरेकाले विषेश साधारणसभामा रोक लगाएको खबरहबलाई बताए ।

‘सभा बस्नुभन्दा पहिले प्राधिकरणबाट स्वीकृति लिनुपर्छ, त्यो लिएको थिएन होला’, लामिछानेले खबरहबसँग भने, ‘आफूखुशी गरेपछि रोकिएको हो ।’

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १२ : ०१ बजे

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग