राजनीतिक स्थिरताका लागि संविधान संशोधन जरुरी : प्रचण्ड | Khabarhub Khabarhub

राजनीतिक स्थिरताका लागि संविधान संशोधन जरुरी : प्रचण्ड


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको बताएका छन् ।

पार्टीले सञ्चालन गरेको जागरण अभियानअन्तर्गत बुधबार बेलुका रूपन्देही आइपुगेका अध्यक्ष प्रचण्डले आज भैरहवामा प्रेस सेन्टर नेपाल, रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (एमाले) र नेपाली कांग्रेसले सरकार गठनका बेला संविधान संशोधनको कुरा ल्याए पनि अहिले चासो नदिएको भनी चिन्ता व्यक्त गरे। 
 
‘स्थिरताका लागि संविधान संशोधन जरुरी छ, १० वर्षमा समीक्षा गरेर संशोधन गरिनुपर्दछ’, उनले भने, ‘संविधान संशोधन जनताका अधिकार कुण्ठित बनाउन होइन अधिकार थप गर्नलाई हो, हामी त्यसमा प्रतिबद्ध छौँ ।’
 
उनले सरकार ढाल्ने विषयमा आफ्नो पार्टीको कुनै रुचि नरहेको स्पष्ट गर्दै जनताका अधिकार स्थापित गर्न र दुःख बुझ्न जागरण अभियान सञ्चालन गरेको बताए। उनले गत फागुन ११ गतेदेखि पूर्वको झापाबाट सुरु भएको तराई-मधेस जागरण अभियानअन्तर्गत हुलाकी मार्गको यात्राका क्रममा किसानका समस्या, सहिद–बेपत्ता परिवारका समस्या बुझ्ने मौका पाएको बताए।
 
उनले अभियानले राष्ट्रिय एकता मजबुत गराउन सहयोग पुर्‍याउने धारणा व्यक्त गरे । राजावादीहरूको आन्दोलनलाई अराजकतावादीहरूको भीडको सङ्ज्ञा दिँदै माओवादी अध्यक्ष दाहालले गणतन्त्र र यसले ल्याएको उपलब्धिका विरुद्ध हुने आन्दोलनलाई परास्त गर्न जनताको घरदैलोमा पुग्नुपर्ने खाँचो औँल्याए ।   
 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १२ : ४८ बजे

निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि स्वास्थ्य मन्त्रालयद्धारा मापदण्ड जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार (आइभीएफ) सेवालाई व्यवस्थित

मनोहराको सुकुम्बासी बस्तीमा महानगरको डोजरबारे माओवादीनिकट चार जनसंगठनले भने, ‘अमानवीय र जनविरोधी’

काठमाडौं- भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको घटनाको

बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

दाङ– पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको सङ्ख्या

अर्घा दरबारमा ऐतिहासिक लाखे नाच सम्पन्न

अर्घाखाँची– अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल अर्घा दरबार तथा

बुद्धले ज्ञान लिएको बोधगयामा ओलीलाई मोदीले स्वागत गर्ने, द्विपक्षीय वार्ता पनि त्यहीँ हुने

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री