महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुनेगरी बजेटमा सम्बोधन गरिनेछ : मन्त्री भण्डारी « Khabarhub

महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुनेगरी बजेटमा सम्बोधन गरिनेछ : मन्त्री भण्डारी


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– महिला स्वास्थ्य कार्यकर्ता (स्वयंसेवीका)को सेवालाई कदर हुनेगरि बजेट तथा कार्यक्रममा सम्बोधन गरिने सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतिबद्धता जनाएका छन् ।

बिहीबार मन्त्री भण्डारीलाई माग तथा सुझाव पेश गर्न पुगेका नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा)मा आबद्ध सुर्खेतस्थित स्वयंसेवीकाहरूसँग प्रतिबद्धता जनाएका हुन् ।

नागरिकको स्वास्थ्य उपचार तथा प्रवर्द्धनमा स्वयंसेवीकाहरूको भूमिका उल्लेखनीय रहेको बताउँदै उनीहरूलाई राज्यका निकायबाट कदर हुन नसकेको बारेमा आफू जानकार भएको बताए । 

त्यसका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा आफ्नो प्रस्तावमा कार्यविधि संशोधन गर्नेबारे छलफल भएको जानकारी गराए । कार्यविधि संशोधन भई कार्यान्वयनमा आएपछि न्यूनतम पारिश्रमिक र थप सहुलियत प्राप्त हुने विश्वास व्यक्त गरे । 

कर्णाली प्रदेशस्थित स्वास्थ्य सम्बन्धी कार्यक्रममा स्वयंसेवीकालाई सहभागिता गराउँदा न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएकोसमेत जानकारी दिए । 

साथै, नेभाको तर्फबाट दिइएका सुझावलाई ग्रहण गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वयंसेवीकाहरूद्वारा प्रदान गरिने सेवालाई सहज बनाउँदै उनीहरूको सेवालाई कदर हुनेगरि सम्बोधन गरिने प्रतिबद्धता समेत व्यक्त गरे । 

यस्तै, स्वयंसेवीकाहरूले ६० वर्ष उमेर पुगेका स्वयंसेवीहरूको जीवनलाई टेवा दिन प्रति वर्षको ३० हजारको दरले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने, क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको व्यवस्था, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी कोषमा रकम जम्मा गरिदिनुपर्ने, चाडपर्व खर्चबापत २० हजार बराबरको रकम उपलब्ध गराउनुपर्ने, मासिक प्रतिवेदन बापत सात हजार रूपैँया उपलब्ध गराउनुपर्ने लगायतका माग तथा सुझावहरू पेश गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १ : २० बजे

मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती

प्रेस चौतारीमा विवाद: अध्यक्ष पाण्डे असफल भएको ठहर गर्दै विशेष महाधिवेशन गर्ने निर्णय

काठमाडौँ – एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालभित्रको आन्तरिक

ट्राफिक कारबाहीबाट ४ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीबाट ४ लाख

नेपालमा ३० प्रतिशत वयस्कमा उच्च रक्तचापको समस्या

काठमाडौँ – आज विश्व उच्च रक्तचाप दिवस। विभिन्न चेतनामूलक कार्यक्रमसहित