महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुनेगरी बजेटमा सम्बोधन गरिनेछ : मन्त्री भण्डारी « Khabarhub

महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुनेगरी बजेटमा सम्बोधन गरिनेछ : मन्त्री भण्डारी


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– महिला स्वास्थ्य कार्यकर्ता (स्वयंसेवीका)को सेवालाई कदर हुनेगरि बजेट तथा कार्यक्रममा सम्बोधन गरिने सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतिबद्धता जनाएका छन् ।

बिहीबार मन्त्री भण्डारीलाई माग तथा सुझाव पेश गर्न पुगेका नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा)मा आबद्ध सुर्खेतस्थित स्वयंसेवीकाहरूसँग प्रतिबद्धता जनाएका हुन् ।

नागरिकको स्वास्थ्य उपचार तथा प्रवर्द्धनमा स्वयंसेवीकाहरूको भूमिका उल्लेखनीय रहेको बताउँदै उनीहरूलाई राज्यका निकायबाट कदर हुन नसकेको बारेमा आफू जानकार भएको बताए । 

त्यसका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा आफ्नो प्रस्तावमा कार्यविधि संशोधन गर्नेबारे छलफल भएको जानकारी गराए । कार्यविधि संशोधन भई कार्यान्वयनमा आएपछि न्यूनतम पारिश्रमिक र थप सहुलियत प्राप्त हुने विश्वास व्यक्त गरे । 

कर्णाली प्रदेशस्थित स्वास्थ्य सम्बन्धी कार्यक्रममा स्वयंसेवीकालाई सहभागिता गराउँदा न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएकोसमेत जानकारी दिए । 

साथै, नेभाको तर्फबाट दिइएका सुझावलाई ग्रहण गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वयंसेवीकाहरूद्वारा प्रदान गरिने सेवालाई सहज बनाउँदै उनीहरूको सेवालाई कदर हुनेगरि सम्बोधन गरिने प्रतिबद्धता समेत व्यक्त गरे । 

यस्तै, स्वयंसेवीकाहरूले ६० वर्ष उमेर पुगेका स्वयंसेवीहरूको जीवनलाई टेवा दिन प्रति वर्षको ३० हजारको दरले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने, क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको व्यवस्था, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी कोषमा रकम जम्मा गरिदिनुपर्ने, चाडपर्व खर्चबापत २० हजार बराबरको रकम उपलब्ध गराउनुपर्ने, मासिक प्रतिवेदन बापत सात हजार रूपैँया उपलब्ध गराउनुपर्ने लगायतका माग तथा सुझावहरू पेश गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १ : २० बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८