बूढानीलकण्ठमा मन्त्रीहरूसहित कांग्रेसको बैठक, सरकारको समीक्षा गरिँदै « Khabarhub

बूढानीलकण्ठमा मन्त्रीहरूसहित कांग्रेसको बैठक, सरकारको समीक्षा गरिँदै


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर नेताहरूमा चरम असन्तुष्टि देखिएपछि अहिले बूढानीलकण्ठमा नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

करिब २ घण्टादेखि सभापति शेरबहादुर देउवाको निवासमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूसहितको बैठक बसिरहेको छ ।

बैठकमा पार्टीमा गठबन्धन सरकारबारे बढिरहेको चर्को असन्तुष्टिबारे छलफल भइरहेको स्रोतले जनाएको छ । उक्त असन्तुष्टिलाई सम्बोधन गर्ने उपायबारे नेतारहरूले साझा धारणा बनाउने भएका छन् ।

गत असार ३१ गते बनेको ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर पछिल्लो समय कांग्रेसका चर्को असन्तुष्टि छ । कुनै बेला एमाले र कांग्रेस मिल्नुपर्ने लबिइङमा रहेका नेता डा. शेखर कोइरालाले सुरूमा सरकारको कार्यशैलीलाई लिएर प्रश्न उठाएका थिए ।

त्यसपछि क्रमैसँग अन्य नेताहरूले पनि सरकारले कछुवाको गतिसमेत लिन नसकेको गुनासो गरिरहेका छन् । उपसभापति पूर्णबहादुर खड्कासमेत सरकारको कार्यशैलीसँग सन्तुष्ट छैनन् ।

उता महामन्त्री गगन थापाले त ओलीको बेडसम्मै बिचौलियाको रजगज रहेको बताएका छन्। उनले सरकारको गतिमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री नै परिणाम दिनका लागि तात्न नछाडेको बताएका छन् ।

थापाले आफू उच्चस्तरीय राजनीतिक संयन्त्रको सदस्यका रुपमा ताते पनि ताप्केका रुपमा प्रधानमन्त्री ओली नै नतातेको बताएका छन् ।

उता अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि सरकारको विरोधमा उत्रिएका छन् । महामन्त्री थापाले नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति रोकिएको प्रसंगमा प्रधानमन्त्रीको बेडरुममै बिचौलिया पुग्ने गरेको आरोप लगाएका छन् ।

थापाले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम चाहिँ तत्काल गर्ने गरेको तिखो टिप्पणी पनि गरेका छन् । उनको यही तिखो टिप्पणीबीच थापा बुधबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् ।

उनी बारा क्षेत्र नम्बर ३ स्थित नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन उद्घाटनका लागि बुधबार दिउँसो नै सिमरा पुगेका थिए । उता उपसभापति खड्का पनि बुधबार बसेको संयन्त्रको बैठकमा सहभागी भएनन् । यो बैठकमा कांग्रेसबाट सभापति देउवा, नेतृ आरजु राणा देउवा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको कार्यशैलीलाई लिएर आफ्नो ७ बुँदे असहमति सार्वजनिक गरिसकेका छन् । महामन्त्री थापा र उपसभापति खड्काले सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अनुपस्थिति जनाएको अवस्थामा कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा बसेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १ : १९ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि