भिमाका परिवारलाई प्रतिवादीबाट १५ लाख भराउन अदालतको आदेश « Khabarhub

भिमाका परिवारलाई प्रतिवादीबाट १५ लाख भराउन अदालतको आदेश


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला अदालत सुर्खेतले कर्णाली प्रदेश अस्पतालमा चिकित्सकको लापरवाहीले मृत्यु भएको भनिएकी दैलेखकी भिमा गुरुङ्गका आफन्तलाई १५ लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ । २९ चैत २०८० मा अस्पतालको उपचारका क्रममा भएको त्रुटि, हेलचेक्र्याइँ र लापरबाहीबाट मृत्यु भएकोले क्षतिपूर्ति दिलाई भराई पाउँ भनेर मृतकका आफन्त धन मगरले अदालतमा मुद्दा दायर गरेका थिए । 

अदालतमा दायर भएको मुद्दामा प्रतिवादीबाट क्षतिपूर्ति भराउने गरी फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए । बुधबार न्यायाधीश दीपक ढकालको इजलासले प्रतिवेदनहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउनु पर्ने ठहर गरेको सूचना अधिकारी रावलले बताए । 

अस्पतालको लापरबाहीले मृत्यु भएको भनिएकी दैलेखको आठबिस नगरपालिका-५, पीपलकोटकी २२ वर्षीया भिमा गुरुङका आफन्त मगरले १७ बैशाख २०८१ न्यायका लागि अदालत गुहारेका थिए । गत २८ चैत २०८० मा सामान्य पेट दुखाईसम्बन्धी समस्या भई हिँडेर उपचार गर्न प्रदेश अस्पताल पुगेकी भिमालाई अस्पतालले भोलिपल्ट अस्पतालले मृत घोषणा गरिदिएको थियो । 

सामान्य अवस्थामा अस्पताल आएकी भिमाको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरवाही भएको आरोप लगाउँदै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग राख्दै आन्दोलितसमेत बनेका थिए ।

झण्डै एक साताभन्दा बढी वीरेन्द्रनगरमा आन्दोलित बनेका आफन्तले राखेका माग पूरा गर्न अस्पताल, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकार तयार नभएपछि भिमाको शव अस्पतालमै छाडेर घर फर्किएका थिए । 

मृतक भिमाकी आठ महिने नाबालिका छोरीको पालनपोषणका लागि उचित व्यवस्था, परिवारका सदस्यमध्ये एक जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेन्टी र घटनाको उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर गरिएको शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभएपछि उनको परिवार अदालतको ढोका गुहार्न बाध्य थियो ।

अदालतमा दायर भएको मुद्दामा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, उपचारमा संलग्न डा। ललितजङ्ग शाहीलगायतलाई विपक्षी बनाइएको थियो । अदालतमा दायर भएको मुद्दामा मृतकका नाबालिका छोरीको लालनपालन, रेखदेख, संरक्षणका साथै उचित क्षतिपूर्ति अदालतबाटै पीडित परिवारलाई दिलाई भराई पाऊँ भनी माग दाबी गरिएको थियो । 

यस्तै, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका प्रमाण नष्ट गर्न सक्ने भएको हुँदा मृतकको स्वास्थ्य परीक्षण प्रतिवेदन झिकाउन माग गरिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  २ : ५६ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको