पोखरा विमानस्थलमा भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष « Khabarhub

पोखरा विमानस्थलमा भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्को सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति तथा सांसद राजेन्द्र लिङ्देन नेतृत्वको अध्ययन समूहले विमानस्थलको स्थलगत अध्ययन गर्दै विमानस्थल निर्माण प्रक्रियामा ठूलो भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।

समितिले तयार गरेको ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन प्रतिवेदन, २०८१’ मा विमानस्थल निर्माणको ठेक्का प्रारम्भमा नै अनियमितता र भ्रष्टाचार भएको उल्लेख गरिएको छ । विमानस्थल निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको र सार्वजनिक खरिद ऐन र प्रचलित मान्यता विपरित भ्रष्टाचारलाई वैद्यता प्रदान गर्ने हिसाबले नीतिगत निर्णय भएको अध्ययन समितिले निष्कर्ष निकालेको छ ।

साथै, समितिले मूल सम्झौताको विपरित नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयले मास्टर लिस्का आधारमा २ अर्ब बढी आर्थिक अनियमितता गरेको निष्कर्ष निकालेको छ ।

अध्ययन समितिले विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्मको नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्न जिम्मेबारी प्राप्त सम्पूर्ण निर्णयकर्ता पदाधिकारीहरू, कर्मचारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूलाई कारबाही गर्न सिफारिस गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ४ : १८ बजे

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी

९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन

शाहरुख खानपछि रानी मुखर्जीलाई ला ट्रोब विश्वविद्यालयबाट मानार्थ डक्टरेट

काठमाडौं- बलिउड अभिनेत्री रानी मुखर्जीको सफल फिल्मी यात्रामा अर्को प्रतिष्ठित