केपी ओली कप : गण्डकी र काठमाडौं फाइनलमा  | Khabarhub Khabarhub

केपी ओली कप : गण्डकी र काठमाडौं फाइनलमा 


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पोखरा– सीईसी काठमाडौं र गण्डकी हिरोज पोखरामा जारी केपी ओली कप टी२० पुरुष राष्ट्रिय क्लब स्तरीय क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा बिहीबार वर्षाका कारण पहिलो सेमिफाइनल खेल ५ ओभरको खेलाइयो भने दोस्रो खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि टस गराइएको थियो ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराउँदै काठमाडौँ फाइनलमा प्रवेश गरेको हो । वर्षाको कारण समयमा खेल सुरु हुन नसकेपछि ५ ओभरको मात्र खेल खेलाइएको थियो । 

५८ रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्सले ५ ओभरमा ३ विकेट गुमाउँदै ४७ रनमा समेटियो । ओपनर सुबोध ऐरी १३ रनमा आउट भए । उनले ८ बलमा २ चौका प्रहार गरे । आशिष तिरुवा १३ रनमा र अयुव चन्द २ रनमा नटआउट रहे । 

आशिषले ३ बलमा २ छक्का प्रहार गरे । अविनाश सिंह १२ रनमा आउट भए । उनले १२ बलमा १ चौका प्रहार गरे । दीपक रोकाया ४ रनमा आउट भए । काठमाडौंका लागि मनोज यादवले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिँदा युनिश बिक्रम सिंह ठकुरीले १ विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले ५ ओभरमा १ विकेट रिटार्यड आउट हुँदै ५७ रन बनायो । ओपनर रित गौतमले २८ रन बनाउँदै रिटार्यट आउट भए । उनले १७ बलमा ३ चौका प्रहार गरे । अर्जुन घर्ती १३ र दिपेन्द्र रावत ८ रनमा नटआउट रहे । अर्जुनले ५ बलमा १ चौका र १ छक्का प्रहार गरे भने दिपेन्द्रले ८ बलमा १ चौका प्रहार गरे । 

दोस्रो सेमिफाइनलमा गण्डकी हिरोज विरुद्ध अत्तरिया क्रिकेट एकेडेमीले उत्कृष्ट पारी खेलेपनि टसमा दुर्भाग्य भयो । टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले १३.३ ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाउँदा पुनः वर्षा भएका कारण खेल रोकिएको थियो । 

अत्तरियाले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर अभिषेक पलले १९ रन जोड्दा उनीसँगै क्रिज पुगेका दोस्रो ओपनर विपिन रावलले ७२ रनको उत्कृष्ट पारी खेल्दै आउट भएका थिए । 

विपिनले ३३ बलमा १२ चौका र २ छक्का प्रहार गरे । खगेन्द्र जोशी २० रनमा आउट भए । उनले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । टेक रावत ११ रनमा नटआउट रहे ।

निश्चल क्षेत्री ९ रनमा आउट रहँदा अर्जुन बिक शून्यमा नटआउट रहे । गण्डकी हिरोजका लागि मिलन बोहोराले ३.३ ओभरमा ३० रन दिँदै ३ विकेट लिए । नारायण जोशीले १ विकेट लिएका थिए । 

चैत २३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा गण्डकी र काठमाडौंले उपाधिका लागि भोलि भिड्नेछन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ४ : ३७ बजे

तीजको दरमा कस्तो खानपान उचित हुन्छ ?

महिलाहरूको  महान् पर्व मानिने हरितालिका तिजको आज दर खाने दिन

मनसुन अनुकूल नहुँदा घट्यो धान रोपाइँ

काठमाडौं– मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ

श्रीलङ्काः पूर्वराष्ट्रपति विक्रमासिङ्घे स्वास्थ्य बिग्रिएपछि आइसियुमा स्थानान्तरण

कोलम्बो- श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे अस्वस्थ भएका कारण मङ्गलबार अदालतमा

राष्ट्रपति पौडेलले भानु साहित्य उद्यानको शुभारम्भ गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी

प्रचण्डसँग एकताका लागि तयार छैनन् विप्लव

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत साउन