संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा « Khabarhub

संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तेहरान– संयुक्त राज्य अमेरिका र इरानबीच इरानको आणविक कार्यक्रमबारे रोममा नयाँ वार्ता हुने समाचार सार्वजनिक भएकै दिन संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा पुगेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी संस्थाका प्रमुख राफेल ग्रोसीले तेहरान र वासिङ्टनबीच नयाँ चरणको आणविक वार्ता हुनुअघि बिहीबार इरानको आणविक ऊर्जा एजेन्सीका प्रमुख मोहम्मद इस्लामीसँग भेटवार्ता गरेका हुन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा ऐतिहासिक आणविक सम्झौता त्यागेको लामो समयपछि दुई देशबीच एक सात पहिले उच्चस्तरीय वार्ता भएको थियो । इरानी र अमेरिकी प्रतिनिधिमण्डल ओमानी मध्यस्थताको दोस्रो चरणको वार्ताका लागि शनिबार रोममा भेला हुने भएका छन् ।

ग्रोसीको एस्लामीसँगको भेटबारे तत्काल केही जानकारी प्राप्त नभए पनि इरानको सुधारवादी समूह निकट शार्ग पत्रिकाले उहाँको भ्रमणलाई ’वर्तमान समयमा रणनीतिक रुपमा महत्वपूर्ण’ भनेको छ ।
 
बुधबार ग्रोसीले विदेशमन्त्री अब्बास अराघचीसँग भेट गरेका थिए भने शनिबार अमेरिकी विशेष दूत स्टिभ विटकोफसँग पहिलो चरणको वार्ताको नेतृत्व गरेका छन् । 

अराघचीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुखसँग आफ्नो बैठक ‘उपलब्धीपूर्ण’ भएको बताएका छन् ।  

उनले भने, ‘आईएईएले आगामी महिनाहरूमा इरानी आणविक कार्यक्रमको शान्तिपूर्ण समाधानमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।’

अराघचीले आईएईए प्रमुखसँग ‘केही नदेखिने शक्तिहरूले ‘वर्तमान वार्तालाई बिथोल्न’ खोजिरहेको बताउँदै ‘उर्जा एजेन्सीलाई राजनीतिबाट टाढा राख्नुपर्ने’ बताए । यस भनाइबारे उहाँले विस्तृत विवरण भने राख्नुभएन । 

ग्रोसीले आफूहरूको भेट ‘महत्वपूर्ण’ भएको बताए।  ‘कूटनीतिको तत्काल खाँचो रहेको बेला इरानको आणविक कार्यक्रमको शान्तिपूर्ण प्रकृतिबारे विश्वसनीय आश्वासन दिन आईएईएसँग सहकार्य अपरिहार्य छ,’ उनले भने। 
 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ५ : १२ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि