नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस « Khabarhub

नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी)हरु अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्। 

गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा समितिको बिहीबार बसेको बैठकले प्रहरीको जनपद समूहतर्फका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 

बढुवा सिफारिस हुनेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी छन्।

खापुङ अहिले केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा कार्यरत छन् । उता आचार्य मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख छन् । पोखरेल बागमती प्रदेश कार्यालय हेटौंडामा कार्यरत छन् ।

कार्की लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरमा कार्यरत छन् । अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्जमा कार्यरत छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ५ : १९ बजे

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक