नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस « Khabarhub

नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी)हरु अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्। 

गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा समितिको बिहीबार बसेको बैठकले प्रहरीको जनपद समूहतर्फका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 

बढुवा सिफारिस हुनेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी छन्।

खापुङ अहिले केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा कार्यरत छन् । उता आचार्य मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख छन् । पोखरेल बागमती प्रदेश कार्यालय हेटौंडामा कार्यरत छन् ।

कार्की लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरमा कार्यरत छन् । अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्जमा कार्यरत छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ५ : १९ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका