नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला « Khabarhub

नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ। साथीहरूसँग मंगलबार नारायणी नदीमा पौडी खेल्न गएका दुई  बालक डुबेर बेपत्ता भएका थिए । बेपत्तामध्ये एक जनाको बुधबार शव भेटिएको थियो भने अर्का एक जनाको आज भेटिएको हो । 

मध्यविन्दु नगरपालिका–१२ बस्ने १५ वर्षीय विजय पौडेलको शव आज नारायणी नदीमा भेटिएको प्रहरी नायब उपरीक्षक मधु नेपालीले बताए। मध्यबिन्दु नगरपालिका–१२ बस्ने १३ वर्षीय प्रज्ज्वल पौडेलको शव बुधबार दिउँसो नदीमा भेटिएको थियो ।  

पाँच जना बालक नारायणी नदी किनारमा ‘ड्राइ पिकनिक’ जाने  भनी गएकामा दुई जना पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।  मृतक बालकहरु दाजु भाइका छोराहरू भएको प्रहरीले जनाएको छ ।
 
दुवै बालकको शव पोस्टमार्टमका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरी नायब उपरीक्षक नेपालीले जानकारी दिए । 
 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : ५२ बजे

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री