आरजुको गुनासो- राजावादीको जुलुसबारे विदेशी मिडियाले सत्ता नै पल्टिन लागेजस्तो प्रचार गरे « Khabarhub

आरजुको गुनासो- राजावादीको जुलुसबारे विदेशी मिडियाले सत्ता नै पल्टिन लागेजस्तो प्रचार गरे


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताएकी छन् ।  

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले देश बन्दैन भन्नेहरूको पछि नलाग्न आग्रह गर्दै देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताएकी हुन् । 

मन्त्री राणाले सधैँ बाह्य सहयोगको भरमा मुलुक रहिरहन नहुने भन्दै युवा शक्तिको परिचालन गर्दै स्वदेशमा नै उत्पादनमा जोड दिनुपर्ने धारणा राखिन् । 

यसका लागि सही नीति बनाउनुपर्ने उनले बताइन् । आफू विदेश जाँदा नेपालको परराष्ट्रमन्त्री भनेपछि इज्जत गर्ने भन्दै उनले देशमा आएपछि राष्ट्रिय माहौल बिग्रिएको देख्दा आफूलाई दुःख लाग्ने गरेको उल्लेख गरिन् । 

परराष्ट्रमन्त्री राणाले राजावादीको जुलुसमा हजार जना जम्मा नहुँदा पनि अन्य देशका मिडियाहरूले नेपालमा सत्ता नै पल्टिन लागेजस्तो गरेर प्रचार गरेको धारणा राखिन् । 

उनले सञ्चारमाध्यमले राम्रा कुराको नभई नराम्रो कुराको प्रचार गर्ने गरेको जिकिर गरिन् । 

राणाले मन्त्रीको कुर्सीमा भोली जो पनि आउन सक्ने भन्दै पदलाई प्रमुख कुरा नठान्न सुझाव दिइन् । 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : ५८ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि