बंगलादेशमा धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी « Khabarhub

बंगलादेशमा धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी


४ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा धार्मिक अल्पसङ्ख्यकलाई लक्षित गरी आक्रमणका घटना बढ्दै गएको पाइएको छ । खासगरी हिन्दू धर्मावलम्बीलाई लक्षित गरी आक्रमणका घटना बढेको हो ।

यस वर्ष सन् २०२५ को जनवरीदेखि मार्च महिनासम्म हिन्दू धर्मावलम्बीलाई लक्षित गरी १ सय ४२ वटा हिंसाका घटना भएको बंगलादेशको ढाकामा रहेको अल्पसङ्ख्यक कल्याण संस्थाले जनाएको छ । यसअनुसार बंगलादेशमा हरेक दिन हिन्दू धर्मावलम्बीलाई लक्षित गरी औसतमा ५ पटक आक्रमणका घटना हुने गरेका छन् ।

मार्च महिनामा मात्रै ५० वटा घटना भएको जनाइएको छ । जसमध्ये ५ वटा हत्या, ८ वटा बलात्कार, १३ वटा हिन्दू मन्दिरमा आक्रमणका घटना भएका छन् ।

हिज्बुत तहरिर, जमात ए इस्लामी र यसको विद्यार्थी संगठन इस्लामी छात्र शिविरजस्ता बंगलादेशमा सक्रिय इस्लामिक संगठनहरु हिंसात्मक घटनाका लागि जिम्मेवार रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । हिन्दू धर्मावलम्बीसँगै स्थानीय जनजाती समुदाय, सुफी मुसलमान, बौद्ध, इसाई धर्मावलम्बी पनि हिंसात्मक आक्रमणको शिकार भएको जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ८ : १० बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयहरूमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६