बंगलादेशमा धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी | Khabarhub Khabarhub

बंगलादेशमा धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा धार्मिक अल्पसङ्ख्यकलाई लक्षित गरी आक्रमणका घटना बढ्दै गएको पाइएको छ । खासगरी हिन्दू धर्मावलम्बीलाई लक्षित गरी आक्रमणका घटना बढेको हो ।

यस वर्ष सन् २०२५ को जनवरीदेखि मार्च महिनासम्म हिन्दू धर्मावलम्बीलाई लक्षित गरी १ सय ४२ वटा हिंसाका घटना भएको बंगलादेशको ढाकामा रहेको अल्पसङ्ख्यक कल्याण संस्थाले जनाएको छ । यसअनुसार बंगलादेशमा हरेक दिन हिन्दू धर्मावलम्बीलाई लक्षित गरी औसतमा ५ पटक आक्रमणका घटना हुने गरेका छन् ।

मार्च महिनामा मात्रै ५० वटा घटना भएको जनाइएको छ । जसमध्ये ५ वटा हत्या, ८ वटा बलात्कार, १३ वटा हिन्दू मन्दिरमा आक्रमणका घटना भएका छन् ।

हिज्बुत तहरिर, जमात ए इस्लामी र यसको विद्यार्थी संगठन इस्लामी छात्र शिविरजस्ता बंगलादेशमा सक्रिय इस्लामिक संगठनहरु हिंसात्मक घटनाका लागि जिम्मेवार रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । हिन्दू धर्मावलम्बीसँगै स्थानीय जनजाती समुदाय, सुफी मुसलमान, बौद्ध, इसाई धर्मावलम्बी पनि हिंसात्मक आक्रमणको शिकार भएको जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ८ : १० बजे

वायु सेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाल वायु सेवा निगमले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

खेलाडीले पठाओ चलाएर परिवार पाल्नुपर्ने अवस्था छ

खेलाडीलाई सहिद स्मारक ए डिभिजन लिग गराउने आश्वासन दिँदादिँदै नेपाल

राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ

हेटौँडा– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङको अभिनय

काठमाडौं– निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल