काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ | Khabarhub Khabarhub

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूले पार्टीबाट राजीनामा नदिएर सह महामन्त्री पदबाट मात्रै राजीनामा दिएको स्पष्ट पारेकी छन्।

बिहिबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफू सांसद र केन्द्रीय सदस्यको जिम्मेवारीमा भएको हिसाबले सह महामन्त्रीको पदमा न्यायोचित काम गर्न नसकेको भन्दै सभापतिलाई राजीनामा बुझाएको बताएकी छिन्।

उनले पार्टीमा एक व्यक्ति र एक जिम्मेवारी रहनुपर्ने कुराहरू पटकपटक आफूले बैठकहरूमा राख्दै आएको र आफूबाट नै राजीनामाको सुरुवात गरेको समेत स्पष्ट पारेकी छन्।

‘मैले सभापति रवि लामिछाने सभापति पदमा फर्किएकै दिन दुई हप्ता अगाडि नै राजीनामा पत्र बुझाएकी हुँ त्यो पत्रको सन्दर्भमा आज छलफल भएको थियो तर त्यसको राजीनामा स्वीकृतिका सन्दर्भमा निर्णय भएको छैन त्यसको अर्को प्रोसेस हुन्छ’ श्रेष्ठले भनिन, ‘हामीले नयाँ पार्टी खोल्दै गर्दा नयाँ भिजन र नयाँ सोचका साथ अगाडि जानुपर्ने हुन्छ। मैले पद ओगटे भने अर्को व्यक्तिले काम गर्ने अवसर पाउँदैन। यो कुरा पटकपटक मैले नै केन्द्रीय समिति बैठकमा राख्ने गरेको छु। सुरुवातबाटै गरेको हो। मेरो पार्टीप्रति कुनै असन्तुष्टि छैन।’

उनले सह महामन्त्री जस्तो जिम्मेवार पद र सांसद पद आफूले एकैपटक सम्हाल्न नसकेको समेत स्पष्ट पारिन्। ‘हाम्रो प्रजातान्त्रिक पार्टी हो पार्टीमा फरक फरक विचार हुन्छ। मेरो विचार अरुलाई मन नपर्न पनि सक्छ तर मैले काम गर्न सकिन र राजीनामा दिए’, श्रेष्ठले अगाडि भनिन, ‘सभापतिले पनि दिएको पद अनुसार काम गर्न नसके राजीनामा बुझाउनुपर्छ भनेर पटकपटक बैठकमा राख्दै आउनुभएको छ । मेरो कुरा पनि त्यही हो।’

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ९ : ४५ बजे

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप