भारत सरकारको आर्थिक सहयोगमा श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास | Khabarhub Khabarhub

भारत सरकारको आर्थिक सहयोगमा श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास आज कोशी प्रदेशका माननीय सामाजिक विकास मन्त्री श्री पाँचकर्ण राई, मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकाका मेयर श्री केदार प्रसाद गुरागाईँ र काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा गरेका छन् ।

मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकास्थित शुक्रवार एक कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थितिमा विद्यालय भवनको शिलान्यास गरिएको हो ।

‘नेपाल भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २.८१ करोड नेपाली रुपैयाँ परियोजना लागतमा श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण भइरहेको छ ।

‘नेपाल(भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदै छ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना ९एचआइसीडीपी० को रूपमा लिइएको छ र मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका मार्फत कार्यान्वयन गरिँदै छ ।

श्री पञ्चायत माध्यमिक विद्यालय सन् १९६५ मा स्थापना भएको थियो । यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा लगभग ७५० विद्यार्थीहरू छन् जसमध्ये ६०५ छात्राहरू रहेका छन् ।

माननीय मन्त्री, मोरङको सुन्दरहरैँचा नगरपालिकाका मेयरस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे ।

उनीहरूले निर्माण हुने पूर्वाधारले मोरङको श्री पञ्चायत माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन पनि मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५७३ भन्दा बढी एचआइसीडीपी हरुमा कार्य गरेको छ र ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । यी मध्ये ९१ वटा परियोजनाहरू कोशी प्रदेशमा छन् जसमा मोरङमा १६ वटा परियोजनाहरू रहेका छन् ।

यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ ।

यी मध्ये कोशी प्रदेशमा १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ । जसमध्ये २१ वटा एम्बुलेन्स र १५ वटा स्कुल बस मोरङमा उपहार स्वरूप प्रदान गरिएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहु क्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ६ : ०३ बजे

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी – लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर – पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उपेन्द्र यादवले भने : ओली सरकारलाई विचौलिया र तस्करले चलाएका छन्

जनकपुरधाम – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकार

अफगानिस्तानमा गीत बजाएको आरोपमा १४ जना पक्राउ

काबुल – अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित

नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानले