ज्येष्ठ नागरिकसँग मदन आश्रित दिवस « Khabarhub

ज्येष्ठ नागरिकसँग मदन आश्रित दिवस


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २३ औं मदन आश्रित स्मृति दिवसका अवसरमा सुनसरीस्थित नेकपा एमाले बराहक्षेत्र नगर कमिटीले ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरेको छ ।

राधाकृष्ण भक्ति साधना अध्यात्मिक प्रतिष्ठान, गीता आश्रम, साधु सत्सङ्ग पीठलगायतका वृद्धाआश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरी मदन आश्रित स्मृति दिवस मनाइएको सचिव देवेन्द्र विष्टले जानकारी दिए ।

उनले स्थानीय धार्मिक क्षेत्र र घाट सरसफाइ गरिएको समेत जानकारी दिए । बराहक्षेत्रमा आधा दर्जन बढी धार्मिक पीठमा वृद्धाआश्रम सञ्चालन गरिएको छ । फलफूल वितरण कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार, नेकपा एमाले बराहक्षेत्रकी अध्यक्ष सीता भण्डारी पाैडेल, बराहक्षेत्र–१ वडाध्यक्ष किसन थापालगायतकाे उपस्थित थियाे ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ३ : ३१ बजे

कुलमानले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा

बालेनबारे हिक्मत कार्कीको टिप्पणी : राजनीति प्रतिस्पर्धा हो, प्रतिशोध होइन

झापा- कोशी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका सचिव हिक्मत कार्कीले

कांग्रेसको घोषणापत्रमा सुशासन र विकास प्राथमिकतामा राखिने

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

‘भिजन–१०’ सहित सुशासन र विकासलाई प्राथमिकता दिएर घोषणा पत्र ल्याउँदै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

आफैं विवादमा परेकी महान्यायाधिवक्ताले युवराज सफललाई पक्राउ गर्न लगाइन्

काठमाडौं- सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति र गालीबेइज्जती गरेको आरोप लगाउँदै