दोस्रो पशुपति चौलागाईं स्मृति कप सुरु « Khabarhub

दोस्रो पशुपति चौलागाईं स्मृति कप सुरु


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाली राजनीतिका बामपन्थी नेता स्व. पशुपति चौलागाईंको स्मृतिमा दोस्रो जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ।

पशुपति चौँरीगाई फाउण्डेसनको आयोजनामा भएको प्रतियोगिताको नेकपा एमालेका नेता पूर्व मन्त्री पार्वत गुरुङले उद्‌घाटन गरे। उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै नेता गुरुङले नेपाली राजनीतिमा  एक जिम्मेवार नेता र अभिभावक गुमाएको बताए।

कोरोना भाइरस सङ्क्रमणका कारण २०७८ साल वैशाख २८ गते निधन भएका नेता चौलागाईं लाई सम्झदै नेता गुरुङले नेपाली राजनीति र गणतन्त्र प्राप्तिको लागि चौलागाईंले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे।

त्यसैगरी चौलागाईंका सहपाठी तथा बाल्यकाल देखिको साथी भिमप्रसाद दाहालले चौलागाईंले देखाएको बाटोमा अहिलेका राजनीति दल र नेता कार्यकर्ताले भुल्न नहुने उल्लेख गरे। नेकपा एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष समेत रहेका नेता दाहालले समृद्ध दोलखा निर्माण गर्न स्वर्गीय चौलागाईंले खेलेको भाषिकालाई अहिलेको आफूहरूले बिर्सन नमिल्ने बताए।

बैतेश्वर गाउँपालिकाको मैनापोखरी स्थित देउराली खेल मैदानमा सुरु भएको प्रतियोगितामा जिल्ला भरबाट ११ वटा टिम सहभागी बनेका छन्। प्रतियोगितामा पहिलो दिन उद्‌घाटन खेल आयोजक टिम मैनापोखरी र वैतेश्वर गाउँपालिका बिचको खेल सुरु भएको छ।

उक्त प्रतियोगिता जेठ ५ गतेसम्म चल्ने छ। प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुने टिमले क्रमशः १ लाख ५० हजार, १ लाख, ७५ हजार र २५ हजार प्राप्त गर्ने खेल व्यवस्थापक रबिन दाहालले जानकारी दिए।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ४ : ५९ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो