पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन « Khabarhub

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता सम्भव हुने बताएको छ ।

मस्को र किएभबीच तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक प्रत्यक्ष वार्ता भएको एक दिनपछि शनिबार क्रेमलिनले जेलेन्स्कीद्वारा माग गरिएको दुई राष्ट्रपति स्तरीय वार्ताका लागि दुई देशका प्रतिनिधिमण्डलबीच पहिलो चरणको सहमति आवश्यक रहेको बताएको हो ।

वार्ताको भोलिपल्ट बिहान पूर्वी सुमी क्षेत्रमा उद्धार गरिएका सर्वसाधारण बोकेको मिनीबसमा रुसी ड्रोन आक्रमणमा परी नौ जनाको मृत्यु भएको र सोही घटनामा अन्य पाँच जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

“हिजो, यो युद्धको कुनै पनि दिन जस्तै, त्यहाँ पनि युद्धविरामको अवसर थियो,” राष्ट्रपति जेलेन्स्कीले आक्रमणपछि सामाजिक सञ्जालमा लेखेका छन्, “रुसले हत्या जारी राख्ने अवसर मात्र सुरक्षित गरेको छ।”

उनले युक्रेनका मित्र राष्ट्रहरुलाई मस्कोमाथिको प्रतिबन्ध बढाउन आग्रह गरेका छन् । युक्रेनी राष्ट्रपतिले जेलेन्स्कीले भने, “रुसमाथि कडा दबाब वा कडा प्रतिबन्ध बिना त्यहाँ वास्तविक कूटनीति हुनेछैन।”

सन् २०२२ को वसन्त ऋतुपछि पहिलो पटक इस्तानबुलमा युक्रेन र रुसबीच मस्कोले पूर्ण आक्रमण गरेको केही समयपछि इस्तानबुलमा भएको पहिलो प्रत्यक्ष वार्तामा एक–एक हजार कैदी आदानप्रदान गर्ने ठोस सहमति भएको थियो ।

युक्रेनका शीर्ष वार्ताकार रक्षामन्त्री रुस्तम उमरोभले ‘अर्को कदम’ जेलेन्स्की र पुटिनबीच भेटवार्ता हुने बताएका छन् । रूसले उक्त अनुरोधलाई ध्यानदिएको बताएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “दुई पक्षबीच सम्झौताको रूपमा निश्चित परिणाम प्राप्त गरेपछि मात्र हामी राष्ट्रपति स्तरको वार्तालाई सम्भव ठान्छौँ ।” रुसका शीर्ष वार्ताकार भ्लादिमिर मेडिन्स्कीले मस्को र किएभले युद्धबन्दीको आदानप्रदानपछि दुबै देशले भविष्यमा हुने सम्भावित युद्धविरामको आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने बताएका छन्।

क्रेमलिनले भनेको छ, “पहिले युद्धबन्दीको अदलाबदली पूरा गर्नु पर्दछ र दुबै पक्षले अर्को चरणको वार्ता तय गर्नुअघि युद्धविरामको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु आवश्यक छ।” टर्कीएमा प्रवक्ता पेस्कोभले भने, “अहिलेका लागि हामीले प्रतिनिधिमण्डलले हिजो सहमति गरेको एक एक हजार युद्धबन्दीलाई आदानप्रदान गर्ने सहमतिको कार्यान्वयन गर्न आवश्यक छ।”

युक्रेनको सैन्य गुप्तचर निकायका प्रमुख किरिलो बुडानोभले प्रसारणकर्ता टीएसएनसँग कुरा गर्दै आगामी हप्ता यो आदानप्रदान हुने अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  १० : ०८ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका