टोलटोलमा पुगेर स्वास्थ्य सेवा « Khabarhub

टोलटोलमा पुगेर स्वास्थ्य सेवा


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त र असहाय नागरिकका लागि नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा सुरु गरेको छ ।

महानगरको स्वास्थ्य महाशाखाको आयोजना र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको समन्वयमा पोखरा–८ सिमलचौरबाट सुरु भएको उक्त कार्यक्रम अन्य वडा तथा टोलमा पनि सञ्चालन हुने जनाइएको छ ।

केन्द्रका प्रमुख कुश्मराज सुवेदीले ज्येष्ठ तथा अशक्त नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त घुम्ती अभियान सुरु गरिएको बताए ।

नसर्ने रोगको स्क्रिनिङसँगै महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना तथा स्वास्थ्य जाँच, मनोरोग, सरुवा रोग तथा अन्य दीर्घरोगसम्बन्धी जानकारी दिने गरिएको उनले उल्लेख गरे । उनका अनुसार यही असार ७ गतेसम्म वडाका १७ वटा टोलमा घुम्ती शिविर सञ्चालन हुनेछ ।

वडा नम्बर ८ मा आइतबार र सोमबार सञ्चालित शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका छन् । ‘ज्येष्ठ र अशक्त नागरिकलाई टोलटोलमा पुगेर स्वास्थ्य जाँच, उपचार र परामर्श प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको हो’, प्रमुख सुवेदीले भने, ‘विशेषगरी नसर्ने रोगबाट प्रभावित नागरिकलाई जाँचसँगै औषधि नियमित सेवन गरे÷नगरेका अनुगमन गर्छौँ, सरकारले सूचीकृत गरेका औषधि निःशुल्क वितरण गर्छौँ ।’

उनले समुदायस्तरमा स्वास्थ्य सचेतना र प्रवर्द्धनका कार्यक्रम पनि सँगसँगै गरिरहेको गरिएको बताए । स्वास्थ्य जाँचका क्रममा अस्पताल जानुपर्ने अवस्थाका बिरामी पहिचान भएमा सोहीअनुसारको सल्लाह र परामर्श दिने गरिएको छ ।

वडा नम्बर ८ सहित महानगरका अन्य वडामा पनि ज्येष्ठ तथा अशक्त नागरिकका लागि नसर्ने रोगको स्क्रिनिङ तथा परामर्श सेवा प्रदान गर्ने योजना रहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीको स्वास्थ्यप्रति महानगरका प्रतिबद्ध रहेको जनाउँदै सबै वडा र टोलमा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिने बजानकारी दिए । महानगरले गत वर्ष वडा नम्बर २५ हेम्जामा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरी घरघरमा ज्येष्ठ, अशक्त र असहाय नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच, परामर्श तथा उपचार सेवा प्रदान गरेको थियो । (रासस)

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : २० बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा