आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला « Khabarhub

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै जान थालेका छन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला घरबासबाट मनग्य आम्दानी हुन थालेपछि यसतर्फ जोडिन थालेका हुन् ।

जिल्लाका विभिन्न ठाउँमा घरबासबाट महिलाले आम्दानी गर्न थालेपछि तिनाउ गाउँपालिकाभित्रका महिला पनि यसतर्फ आकर्षित भएका छन् । यहाँका केही महिलाले घरबास सञ्चालन गरिसकेका छन् भने केहीले सञ्चालन गर्न आवश्यक ज्ञान, सीप सिक्न तम्सिएका छन् ।

बेफुर्सदिला हुन थालेका अधिकांश महिला घरबासमार्फत आर्य आर्जनमा जोडिन थालेका गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । उनले भने, ‘महिला स्वतःस्फूर्त रूपमा आयआर्जनमा जोडिन थालेका छन् । घरबास र पर्यटन व्यवसायीबाट प्रशस्त आम्दानी गर्न सकिने भएपछि उनीहरू यसतर्फ आकर्षित हुँदै गएका हुन् ।’

जन्तीलुङकी माया सारु हिजोआज गाउँमा खोलिएको घरबासमा व्यस्त छिन् । ‘घरबासबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घर व्यवहार चलाउनेलगायत खर्च जुटाउन सजिलो भएको छ’, उनले भनिन् ।

घरबासमा लाग्न तालिम 

महिला घरबासतर्फ आकर्षण बढ्न थालेपछि गाउँपालिकाले महिलालाई ज्ञान, सीप प्रदान गर्न तालिम दिँदै आएको छ । महिलालाई थप उत्साह, ज्ञान सीप प्रदान गर्न पाल्पा विकास केन्द्र, सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा गाउँपालिकाले तालिम दिएको हो ।

यहाँका ६ वटै वडामा घरबासमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, गाउँगाउँमा आर्यआर्जन बढाउने, महिलाको उद्यमशीलता बढाउने र महिलालाई आर्थिक रूपमा बलियो बनाउन तालिम दिइएको पालिका अध्यक्ष श्रेष्ठले बताए । गाउँपालिकालाई पर्यटन तथा कृषिका माध्यमबाट समृद्ध बनाउने, महिलाको आयआर्जन बढाउने काममा समुदायस्तरमा जस्तोसुकै सहयोग गर्न पालिका तयार रहेको उनकाे भनाइ छ ।

स्वरोजगार बनी आयआर्जनमा जोडिन तिनाउवासीलाई समस्या नरहेको पालिकाका उपाध्यक्ष लालबहादुर थापाले बताए । उनले भने, ‘मेहनत गर्नुस् घरमै बसीबसी महिनाको ४०–५० हजार सजिलै कमाउन सकिन्छ । पालिकाले वातावरण तथा पूर्वाधार, तालिम उपलब्ध, कला संस्कृति संरक्षणलगायत क्षेत्रमा समुदायलाई आवश्यक सहयोग गर्नेछ ।’

तिनाउ–६ मस्याम, वडा नम्बर ५ मरामकोट, वडा नम्बर ४ को सत्यवती क्षेत्रमा घारबास व्यावसायको सुुरुआत भएको छ भने वडा नम्बर १ कचल, वडा नम्बर २ दोभान, वडा नम्बर ३ झुम्साका विभिन्न भागमा सञ्चालनको तयारीमा महिला जुटेका छन् । यहाँ अहिले केही स्थानीयले घरबास कार्यक्रम सञ्चालन गरी पाहुनालाई राख्दै आएका छन् ।

जन्तीलुङ सामुदायिक घरबासमा प्रतिव्यक्ति एक हजार २०० मा स्वागत, साँझको खाजा, खाना, लोकल कुखुराको मासु, र बिहानको खाजाको व्यवस्था गरिएको छ । प्राकृतिक रूपमा सुन्दर ठाउँ जन्तीलुङ र मरामकोटबाट हिमालदेखि तराईसम्मका दृश्य अवलोकन गर्न सकिन्छ । आफ्नो कार्यकालमा मस्यामको जन्तीलुङमा सरु गरेको घरबास व्यवस्थित हुँदै गएको गाउँपालिकाका पूर्व अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए । (रासस)

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : ३२ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक