पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै | Khabarhub Khabarhub

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन ।

सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोडने २८ किलोमिटर लामो यस सडक क्षेत्रका बासिन्दाका लागि वर्षौँदेखि हिलो र धुलो नियतिजस्तै बनिसकेको छ ।

स्थानीय जगेश्वर यादवले सडक पक्की हुने जनाउँदै उत्साहित नागरिक अचेल निरास भएको गुनासो गरे । ‘ठेकेदारले सडक छेउ खनेर त्यसै छाडेका छन् । समयमा काम सम्पन्न नगर्दा सडकको प्रयोग गर्न त पाइएको छैन नै, बर्खामा हिलो र हिउँदमा धुलो खेप्न बाध्य छौँ’, उनले भने ।

अर्नमा गाउँपालिका– ३ का सिकेन्द्र यादवले दुई वर्षभित्रमा कालोपत्र गर्ने भनिएको सडक पाँच वर्ष बितिसक्दा पनि सम्पन्न नभएकाले हिलो र धुलोले थप पीडा भएको बताए । सिरहा क्षेत्र नम्बर ३ मा पर्ने यो सडक हरेक चुनावमा चुनावी मुद्दा बन्ने गर्छ । तर, चुनावसँगै यो सडकको मुद्दा हराएर जाने गरेको यादवको भनाइ छ । उनले भने, ‘प्रत्येक आमचुनावमा आश्वासनमात्र पाइयो । निर्माण सुरु भएपछि त समयमै सम्पन्न होला भन्ने आशा पलाएको थियो तर समस्या ज्यूँका त्यूँ रह्यो ।’

हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरले झण्डै पाँच वर्षदेखि यो सडक निर्माण गरिरहेको छ । ट्रयाक खोलेर सडक कालोपत्रका लागि २०७७ साल भदौमा ठेक्का स्वीकार भई २०७९ साल फागुन २३ भित्र काम सम्पन्न हुनेगरी तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गरेका थिए । तर यो लामो अवधिभरमा अहिलेसम्म सडकका केही ठाउँमा नाला बनाउन र ग्राभेल हाल्नबाहेक खासै काम भएको छैन ।

यस अवधिमा निर्देशनालयले पहिलोपटक २०८० साल फागुन २२ र दोस्रोपटक २०८१ साल फागुन २२ सम्म एक–एक वर्ष गरी दुईपटक म्याद थप गरिदिएको छ । यो म्याद सकिसक्दा पनि अहिलेसम्ममा सडकको भौतिक प्रगति करिब २८ प्रतिशतमात्र रहेको निर्देशनालयका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । उनले पुनः अन्तिमपटकलाई ठेकेदार कम्पनीलाई एक वर्षको म्याद थप्ने प्रक्रिया अगाडि बढाइएको बताए ।

यो सडक निर्माणमा ठेकेदार कम्पनी र निर्देशनालयको बेवास्ताका कारण यहाँका सर्वसाधारणले सास्ती भोग्नुपरेको अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक यादवको गुनासो छ । समयमै काम सम्पन्न गर्न ठेक्का लिएको निर्माण व्यवसायी कम्पनीलाई अनुरोध गरे पनि अहिले उनीहरू सम्पर्कमै आउन छाडेको अध्यक्ष यादवले बताए ।

निर्देशनालयले सडक निर्माणका लागि ९१ करोड ३९ लाख ७९ हजार ६० मा निर्माण व्यवसायी कम्पनीलाई ठेक्का दिएको थियो । अहिलेसम्म ठेकेदार कम्पनीलाई भ्याटबाहेक २५ करोड ४९ लाख सात हजार ७१४ भुक्तानी भइसकेको निर्देशनालयले जनाएको छ । (रासस)

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : ४४ बजे

मिराजको बेनामी पार्टीले चुनाव नलड्ने

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

मिराज ढुंगानाको पत्रकार सम्मेलनमा होहल्ला

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

जेनजी अगुवा मिराजले पार्टी खोल्दै

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

क्याम्बोडियामा पक्राउ परेका ६४ जना दक्षिण कोरियन नागरिक स्वदेश फिर्ता

एजेन्सी – क्याम्बोडियामा साइबर अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका

अफगान सिमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण, ७० जनाभन्दा बढी मारिए

इस्लामाबाद– पाकिस्तानले अफगानिस्तानसँगको सिमावर्ती क्षेत्रमा गरेको हवाई आक्रमणमा ७० भन्दा