बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक अनुसन्धानले देखाएको छ। फोक्सोको क्यान्सर र एमपी २.५ बीचको सम्बन्धको विषयमा गरिएको अध्ययनले बागमतीका चार जिल्ला भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रामेछापमा फोक्सो क्यान्सरको जोखिम धेरै रहेको देखाएको छ।
चिकित्सकका अनुसार फोक्सोको क्यान्सर हुने मुख्य कारण भनेको धुवाँ, धुलो र धूमपान हो। जबकी स्वाभाविक रुपमा यातायातको चाप, धुवाँधुलो तथा वायुप्रदुषणका हिसाबले काठमाडौं पनि जोखिममा हुनुपर्ने हो।
अध्ययनमा उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरको नाम नजोडिँदा के आधारमा यी जिल्लालाई जोखिममा राखियो ? यो भने जिज्ञासाको विषय बनेको छ। पछिल्लो समय विश्वभर नै विभिन्न क्यान्सरका बिरामीको संख्या बढ्दै गएको अवस्थामा फोक्सोको क्यान्सर पनि बढ्दो क्रममा छ।
विश्व स्वास्थ्य संगठनको सन २०२० को प्रतिवेदनअनुसार फोक्सोको क्यान्सरबाट मात्रै विश्वभर १ दशमलव ८ मिलियन मानिसको मृत्यु भएको छ । नेपालमा पछिल्लो दश वर्षमा फोक्सोको क्यान्सरका घटनामा उल्लेख्य वृद्धि भएको पाइएको छ ।
विश्व स्वास्थ्य संगठनको सन २०२० को प्रतिवेदनअनुसार फोक्सोको क्यान्सरबाट मात्रै विश्वभर १ दशमलव ८ मिलियन मानिसको मृत्यु भएको छ। नेपालमा पछिल्लो दश वर्षमा फोक्सोको क्यान्सरका घटनामा उल्लेख्य वृद्धि भएको पाइएको छ। तर कुनै एउटा अस्पतालको बिरामीको संख्यालाई आधार बनाएर यो जिल्लामा बिरामी बढे या घटे भन्नु उचित नहुने क्यान्सर रोग विशेषज्ञ बताउँछन्।
चार जिल्ला केन्द्रित अनुसन्धान अनुचित
फोक्सो क्यान्सर विज्ञ डा. अविश अधिकारी चार जिल्ला केन्द्रित अनुसन्धान अनुचित भएको बताउँछन्। चीनको बेइजिङमा अध्ययनरत भूगोलविद् बसन्तकुमार न्यौपानेले फोक्सोको क्यान्सर र एमपी २ दशमलब ५ बीचको सम्बन्धलाई आधार बनाएर यी ४ जिल्लालाई जोखिममा रहेको भन्दै अनुसन्धानको रिपोर्ट सार्वजनिक गरेका हुन्।
अध्ययनमा सन् २०१२ देखि २०२१ सम्म उपचारका लागि भक्तपुर क्यासर अस्पतालमा पुगेका बिरामीलाई आधार बनाएर निष्कर्ष निकालिएको छ। क्यान्सरका बिरामीको संख्या र पीएम २ दशमलव ५ जुन वायु प्रदुषण नाप्ने चिजलाई दाँजेर यो विश्लेषण गरिएको डा. अधिकारीको भनाइ छ।
जस्तै पिएम २ दशमलव ५ पनि हाम्रो विस्तारै बढै गइरहेको छ भने त्यही अनुसार क्यान्सरको जोखिम बढ्दै गइरहेको छ भन्ने आधार निकालिएको छ। यो एक किसिमले ठीकै हो। तर यसले बागमती प्रदेशमा मात्रै बढ्यो भन्नु गलत हुने डा. अधिकारीको तर्क छ।
हामीले के बुझ्न जरुरी छ भने भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीहरु भनेको काभ्रे, भक्तपुर रामेछाप सिन्धुपाल्चोकका हुन्। त्यहाँका बिरामीहरुमा फोक्सोको क्यान्सर धेरै देखिएको त्यो अध्ययनमा उल्लेख छ।
समग्र क्यान्सर बढेको साँचो हो। फोक्सो क्यान्सरका बिरामीको संख्या नेपालमा धेरै छ। तर यी चार जिल्लामा मात्रै फोक्सोका क्यान्सरका बिरामी बढेका छन् वा यी जिल्ला क्यान्सरको जोखिममा छन् भन्नु गलत हो ।
समग्र क्यान्सर बढेको भन्ने साँचो हो। फोक्सो क्यान्सरका बिरामीको संख्या पनि नेपालमा धेरै छ। तर यी चार जिल्लामा मात्रै फोक्सोका क्यान्सरका बिरामी बढेका छन् वा यी जिल्ला क्यान्सरको जोखिममा छन् भन्नु गलत भएको उनले बताए।
दुर्गम क्षेत्रका जिल्ला र विकसित जिल्लाहरुमा देखिने क्यान्सरमध्ये पुरुषमा फोक्सोको क्यान्सर नै सबैभन्दा धेरै देखिएको छ। जसको प्रमुख कारण धुम्रपान हो। महिलाको तुलनामा पुरुषहरु धेरै मात्रामा चुरोट सेवान गर्ने भएकाले पुरुषको संख्या धेरै हुने उनको भनाइ छ।
वायु प्रदुषण कर्णालीमा पनि उत्तिक्कै
डा. अधिकारीका अनुसार वायु प्रदुषणले फोक्सो क्यान्सरको जोखिम बढाउँछ। त्यति मात्रै होइन हाम्रो शरीरमा पेंक्रियाज भन्ने एउटा ग्रन्थी हुन्छ, जसको क्यान्सर एकदमै डरलाग्दो हुन्छ त्यसको जोखिम पनि वायु प्रदुषणले बढाउने उनले बताए।
यसैगरी पिसाब थैलीको क्यान्सर, कलेजोको क्यान्सर, स्तन क्यान्सर लगायत सबै क्यान्सरको जोखिम वायु प्रदुषणले बढाउँछ भन्ने कुरा प्रमाणित भइसकेको डा. अधिकारी बताउँछन्।
वायु प्रदुषणको जोखिम काठमाडौंमा मात्रै होइन हुम्ला अछाम, मुगु लगायत उच्च पहाडी तथा हिमाली जिल्लामा पनि उत्तिकै छ। हाम्रो भूबनावट नै त्यस्तै छ। जस्तै हाम्रो उत्तरतिर हिमाल छन् , त्यहाँ हावा बगेर जाने कुरा भएन। दक्षिणतिर एकदमै प्रदुषणयुक्त भारत छ त्यहाँबाट प्रदुषणयुक्त हावा नै भित्रिन्छ। यो विभिन्न वातावरणीय अनुसन्धानले प्रमाणित गरेको उनले बताए।
काठमाडौं उपत्यका खाल्डोमा भएकोले हावा बगेर जाने ठाउँ छैन। जस्को जोखिम ४ वटा जिल्लामा मात्रै होइन देशकै जनसंख्या फोक्सो क्यान्सरको जोखिममा छ।
त्यसैमाथि काठमाडौं उपत्यका खाल्डोमा भएकोले हावा बगेर जाने ठाउँ छैन। जस्को जोखिम ४ वटा जिल्लामा मात्रै होइन देशकै जनसंख्या फोक्सो क्यान्सरको जोखिममा छ। कि त यो भन्नका लागि गहिरो अनुसन्धान गरेर देशभरीको डेटा निकाल्नुपर्यो। नभए कुनै एउटा अस्पतालमा आएका बिरामीको संख्याको आधारमा यी जिल्लामा बिरामी बढे भन्नु उपयुक्त हुँदैन डा. अधिकारीको तर्क छ। तथ्याङ्कमा भने क्यान्सरको सर्वाधिक जोखिम काठमाडौं उपत्यकामा रहेको उल्लेख गरिएको छ।
भक्तपुरमा कति छन् क्यान्सर पीडित ?
चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना चैत मसान्तसम्म २ सय फोक्सो क्यान्सरका नयाँ बिरामी थपिएका छन्।
भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि आएका क्यान्सरका बिरामीमध्ये २ सय ६ जनामा फोक्सो क्यान्सर देखिएको अस्पतालका कार्यकारी निर्देशक उज्वल चालिसेले जानकारी दिए। चालु आर्थिक वर्षको बाँकी ३ महिनामा बिरामीको संख्या अझै बढ्न सक्ने डा. चालिसेले बताए। उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ४ सय २० जनामा फोक्सोको क्यान्सर देखिएको थियो। जसमा १ सय ९३ महिला र २ सय २७ जना पुरुष रहेका थिए।
भक्तपुर क्यान्सर अस्पतालकै सन् २०१२ देखि २०२१ सम्मको डेटा हेर्दा हरेक वर्ष फोक्सो क्यान्सरका बिरामीको संख्या बढ्दै गएको छ।
त्यस्तै भक्तपुर क्यान्सर अस्पतालकै सन् २०१२ देखि २०२१ सम्मको डेटा हेर्दा हरेक वर्ष फोक्सो क्यान्सरका बिरामीको संख्या बढ्दै गएको छ। सन् २०१२ मा जम्मा ११९ जना बिरामी दर्ता भएका थिए भने त्सको १० वर्षपछि दुई हजार नाघेको देखिएको छ।
नेपालमा फोक्सो क्यान्सरका कति बिरामी छन् ? भन्ने तथ्याङ्क सरकारसँग नभएको डा. चालिसेले बताए। सरकारले उपचारमा दिने सहुलियत सेवा कति जनाले लिए त्यसको आधारमा तथ्याङ्क निकाल्ने गरिन्छ। त्यसमा वास्तविक डेटा नआउने उनको तर्क छ।
प्रतिक्रिया