ट्रम्पको धम्कीपछि तेहरान छाड्ने बढे « Khabarhub

ट्रम्पको धम्कीपछि तेहरान छाड्ने बढे


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जी ७ शिखर सम्मेलनमा भाग लिन क्यानडा जानुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरान खाली गर्न धम्कीपूर्ण चेतावनी दिएका छन् । यससँगै तेहरानका नागरिकहरु शहर छाडेर अन्तै जान थालेका छन् ।

सामाजिक सञ्जालमा प्रकाशित तस्बिर र भिडियोहरुमा सयौँ गाडीहरु तेहरान छाडेर बाहिरिएको देख्न सकिन्छ । इजरायल र इरानले एक अर्कामाथि निरन्तर हमला गर्ने क्रममा ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गरेका छन् ‘मैले उनीहरूलाई हस्ताक्षर गर्न भनेको सम्झौतामा इरानले हस्ताक्षर गर्नुपर्थ्यो । यो कस्तो लाजमर्दो र मानव जीवनको बर्बादी हो । सरल भाषामा भन्नुपर्दा, इरानसँग आणविक हतियार हुन सक्दैन । मैले यो बारम्बार भनेको छु, सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ ।’

ट्रम्पले यसअघि पनि इरानसँग आणविक हतियार हुन नहुने भन्दै धेरै पटक भनेका छन् । तर यस पटक उनले मानिसहरूलाई तेहरान खाली गर्न भनेका छन्, जसको अर्थ तेहरानमा ठूलो आक्रमणको योजना बनाइएको हुनसक्छ। इजरायलले पहिले नै तेहरानमा धेरै ठूला आक्रमणहरू गरिसकेको छ, जसमा सैन्य आधार शिविरहरू र नागरिक भवनलाई निशाना बनाइरहेको छ ।

उता, इजरायलको निरन्तर आक्रमणपछि मानिसहरू तेहरान छोडेर अन्य सहरमा जान थालेकाले आइतबार सडकमा जामको अवस्था सिर्जना भएको थियो । ट्रम्पको भनाइपछि तेहरानबाट नागरिकहरु बाहिरिने क्रम बढेको छ । सीबीएसमा सार्वजनिक भएको रिपोर्टका अनुसार अमेरिकी अधिकारीहरूले इरानमा जारी इजरायलको हमलामा आफूहरू संलग्न नहुने बताएका छन् ।

इजरायलले गत शुक्रबार अर्थात जुन १३ मा इरानको आणविक स्थल र सैन्य अखडामा हमला गरेपछि दुई देशले एकअर्कालाई आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १२ : ४१ बजे

खोटाङको केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ? यसो भन्छन् चिकित्सक

काठमाडौँ- गर्मी मौसम सुरु भइसकेको छ । यो मौसममा छालामा

एमाले सचिवालय बैठक बस्दै, सदस्यहरूले धारणा राख्ने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक

 ‘स्टार किड’लाई फिल्म पाउन सहज, हिट बनाउन सकस

काठमाडौं – स्टार किडलाई मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न कति सहज

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउसे