ट्रम्पको धम्कीपछि तेहरान छाड्ने बढे « Khabarhub

ट्रम्पको धम्कीपछि तेहरान छाड्ने बढे


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जी ७ शिखर सम्मेलनमा भाग लिन क्यानडा जानुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरान खाली गर्न धम्कीपूर्ण चेतावनी दिएका छन् । यससँगै तेहरानका नागरिकहरु शहर छाडेर अन्तै जान थालेका छन् ।

सामाजिक सञ्जालमा प्रकाशित तस्बिर र भिडियोहरुमा सयौँ गाडीहरु तेहरान छाडेर बाहिरिएको देख्न सकिन्छ । इजरायल र इरानले एक अर्कामाथि निरन्तर हमला गर्ने क्रममा ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गरेका छन् ‘मैले उनीहरूलाई हस्ताक्षर गर्न भनेको सम्झौतामा इरानले हस्ताक्षर गर्नुपर्थ्यो । यो कस्तो लाजमर्दो र मानव जीवनको बर्बादी हो । सरल भाषामा भन्नुपर्दा, इरानसँग आणविक हतियार हुन सक्दैन । मैले यो बारम्बार भनेको छु, सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ ।’

ट्रम्पले यसअघि पनि इरानसँग आणविक हतियार हुन नहुने भन्दै धेरै पटक भनेका छन् । तर यस पटक उनले मानिसहरूलाई तेहरान खाली गर्न भनेका छन्, जसको अर्थ तेहरानमा ठूलो आक्रमणको योजना बनाइएको हुनसक्छ। इजरायलले पहिले नै तेहरानमा धेरै ठूला आक्रमणहरू गरिसकेको छ, जसमा सैन्य आधार शिविरहरू र नागरिक भवनलाई निशाना बनाइरहेको छ ।

उता, इजरायलको निरन्तर आक्रमणपछि मानिसहरू तेहरान छोडेर अन्य सहरमा जान थालेकाले आइतबार सडकमा जामको अवस्था सिर्जना भएको थियो । ट्रम्पको भनाइपछि तेहरानबाट नागरिकहरु बाहिरिने क्रम बढेको छ । सीबीएसमा सार्वजनिक भएको रिपोर्टका अनुसार अमेरिकी अधिकारीहरूले इरानमा जारी इजरायलको हमलामा आफूहरू संलग्न नहुने बताएका छन् ।

इजरायलले गत शुक्रबार अर्थात जुन १३ मा इरानको आणविक स्थल र सैन्य अखडामा हमला गरेपछि दुई देशले एकअर्कालाई आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १२ : ४१ बजे

लेभरकुसेनसँग म्याचेस्टर सिटी २-० ले पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी

१० खेलाडीमा सीमित भिल्लारियलविरुद्ध बोरुसिया डोर्टमण्ड ४-० ले विजयी

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा भिल्लारियालविरुद्ध बोरुसिया

च्याम्पियन्स लिग : १० खेलाडीमा सीमित बार्सिलोनालाई चेल्सीले चखायो नमिठो हार

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बार्सिलोनालाई

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज विराटनगर र चितवन खेल्दै : कस्तो होला सन्दीप र कुशलको भिडन्त ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार