गाजा क्षेत्रमा खानेकुरा पाउन व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिए « Khabarhub

गाजा क्षेत्रमा खानेकुरा पाउन व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिए


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा खानेकुरा प्राप्त गर्न व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी मारिएका छन् । गाजामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार संयुक्त राष्ट्रसंघले प्रदान गर्ने खानेकुरा पाउने आशामा लाइन लागेका प्यालेस्टाइनीहरु इजरायली आक्रमणमा परी मारिएका हुन् ।

समाचार संस्था एपीका अनुसार उनीहरु कुन अवस्थामा मारिएका हुन् भन्ने स्पष्ट भइसकेको छैन । गाजामा रहेका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार इजरायली फौजले प्यालेस्टाइनीहरुमाथि जथाभावी गोली चलाएका थिए ।

गत महिना अमेरिका र इजरायलले गाजा क्षेत्रमा खानेकुरा वितरण केन्द्र स्थापना गरेका थिए । इजरायली फौजले सोही केन्द्रहरुलाई लक्षित गरी आक्रमण गर्दै आएको बताइन्छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : ४३ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।