इरान–इजरायल द्वन्द्वमा ट्रम्पले ‘आगोमा घ्यू थपे’ : चीन « Khabarhub

इरान–इजरायल द्वन्द्वमा ट्रम्पले ‘आगोमा घ्यू थपे’ : चीन


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले इरान र इजरायलबीच जारी द्वन्द्वमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आगोमा घ्यू थपेको’ आरोप लगाएको छ । यसअघि ट्रम्पले तेहरान खाली गर्न धम्कीपूर्ण चेतावनी दिएका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्त गुओ जियाकुनलाई पत्रकार सम्मेलनका क्रममा यसबारे सोधिएको थियो । प्रश्नको जवाफ दिँदै उनले भने, ‘आगोमा घ्यू थप्ने, धम्की दिने र दबाब थप्ने कार्यले तनाव कम गर्न सहयोग पुर्‍याउँदैन, बरु बढाउँछ र द्वन्द्व विस्तार गर्छ ।’

उनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएअनुसार चीनले सबै सरोकारवालालाई, खासगरी इजरायलमा प्रभाव रहेका मुलुकहरुलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ । चीनले तनाव कम गर्न र द्वन्द्वको विस्तार रोक्न आग्रह पनि गरेको छ ।

इजरायलले इरानी सैन्य तथा आणविक पूर्वाधार एवम् नेतृत्वलाई लक्षित गरी आक्रमण गरेपछि दुई मुलुकबीच आक्रमण प्रत्याक्रमण जारी छ । यस्तो अवस्थामा चीनले यस्तो टिप्पणी गरेको हो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  २ : १९ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता