इरान–इजरायल द्वन्द्वमा ट्रम्पले ‘आगोमा घ्यू थपे’ : चीन « Khabarhub

इरान–इजरायल द्वन्द्वमा ट्रम्पले ‘आगोमा घ्यू थपे’ : चीन


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले इरान र इजरायलबीच जारी द्वन्द्वमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आगोमा घ्यू थपेको’ आरोप लगाएको छ । यसअघि ट्रम्पले तेहरान खाली गर्न धम्कीपूर्ण चेतावनी दिएका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्त गुओ जियाकुनलाई पत्रकार सम्मेलनका क्रममा यसबारे सोधिएको थियो । प्रश्नको जवाफ दिँदै उनले भने, ‘आगोमा घ्यू थप्ने, धम्की दिने र दबाब थप्ने कार्यले तनाव कम गर्न सहयोग पुर्‍याउँदैन, बरु बढाउँछ र द्वन्द्व विस्तार गर्छ ।’

उनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएअनुसार चीनले सबै सरोकारवालालाई, खासगरी इजरायलमा प्रभाव रहेका मुलुकहरुलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ । चीनले तनाव कम गर्न र द्वन्द्वको विस्तार रोक्न आग्रह पनि गरेको छ ।

इजरायलले इरानी सैन्य तथा आणविक पूर्वाधार एवम् नेतृत्वलाई लक्षित गरी आक्रमण गरेपछि दुई मुलुकबीच आक्रमण प्रत्याक्रमण जारी छ । यस्तो अवस्थामा चीनले यस्तो टिप्पणी गरेको हो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  २ : १९ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली