कसरी छुटाउने बालबालिकाको मोबाइल फोन प्रयोग गर्ने लत? « Khabarhub

कसरी छुटाउने बालबालिकाको मोबाइल फोन प्रयोग गर्ने लत?


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्मार्टफोन हाम्रो जीवनको अभिन्न अङ्ग बन्दै गएको छ । अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ । 

समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं ।

तर, हामीले यो पनि देखेका छौँ कि बालबालिकाहरू पनि मोबाइल फोनको लतमा फसेका छन्। जसका कारण बालबालिका पढाइमा पनि ध्यान दिन सक्दैनन् ।

मोबाइलका कारण उनीहरू कुनै पनि शारीरिक गतिविधि गर्न सक्दैनन् । पहिले केटाकेटी खेल्न बाहिर जान्थे, अहिले उनीहरू बाहिर निस्कनुको सट्टा मोबाइल फोनमै व्यस्त रहने गरेका छन् । जसका कारण उनीहरूको शारीरिक विकास पनि हुन सकेको छैन । राम्रोसँग पढाइसमेत गर्न पाएका छैनन् ।

यस्तो अवस्थामा आफ्ना छोराछोरीलाई मोबाइलको लतबाट कसरी मुक्त गर्ने भन्ने चिन्तामा अभिभावकहरू निकै चिन्तित छन् । यदि तपाई पनि यसबाट चिन्तित हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन । हामी तपाईँलाई केही यस्ता टिप्सहरू दिँदै छौ, जसको पालना गरेर तपाईँले पनि आफ्ना बच्चाहरूलाई मोबाइलबाट टाढा राख्न सक्नुहुन्छ । हामी  ती सुझावहरूको बारेमा विस्तृत रूपमा बताउने छौँ ।

बाहिरी खेलाउनु होस्

यदि तपाईँ आफ्ना बच्चाहरूलाई स्मार्टफोनबाट टाढा राख्न चाहनुहुन्छ भने, तिनीहरूलाई बाहिरी खेलहरू र फिटनेस गतिविधिहरूको लागि प्रोत्साहित गर्नुहोस् ।

यसका लागि तपाईँले पौडी, साइक्लिङ वा मार्शल आर्टजस्ता खेलहरू खेल्न सक्नु हुन्छ साथै तिनीहरूका लागि फुटबल, बास्केटबल वा टेनिसजस्ता टिम गेमहरू खेल्न सक्नु हुन्छ । यी गतिविधिहरूले स्मार्ट फोनको प्रयोग घटाउन मद्दत गर्नुका साथै सामाजिक जडान, सहकार्य र सफलताको भावना प्रदान गर्नेछ ।

फोनबाट बालबालिकालाई टाढा राख्नुहोस्

यदि तपाई आफ्ना बालबालिकालाई फोनको लतबाट मुक्त गर्न चाहनुहुन्छ भने फोनलाई बालबालिकाको नजरबाट टाढा राख्नुहोस् । सुत्न जाँदा मोबाइल नजिकै राख्ने प्रयास नगर्नुहोस् । सानै उमेरमा आफ्नो बच्चाको लागि फोन किन्ने गल्ती नगर्नुहोस् । यसले उनीहरूको बानी तोड्न गाह्रो हुनेछ ।

स्क्रिन समय सेट गर्नुहोस्

बच्चाहरूलाई मोबाइल फोनबाट पूर्ण रूपमा हटाउन सम्भव छैन तर तिनीहरूको स्क्रिन समय सीमित भने बनाउन सकिन्छ । दिनभर मोबाइल चलाउनको लागि समय तय गर्नुहोस् र सोही अनुसार फोन दिनुहोस्। यसबाट उनीहरूले बिस्तारै आफ्नो बानी कम गर्न थाल्छन् ।

परिवारसँग समय बिताउनुहोस्

प्रायः बालबालिकाले एक्लो महसुस गर्ने भएकाले मोबाइल फोन बढी प्रयोग गर्छन् । उनीहरूसँग समय बिताउनु होस्, कुराकानी गर्नु होस् र घरमा यस्तो वातावरण सिर्जना गर्नुहोस् कि उनीहरू स्क्रिनलाई भन्दा परिवारलाई प्राथमिकता दिन थालुन् ।

फोन आफै प्रयोग नगर्नुहोस्

यदि तपाईँ अभिभावक हुनुहुन्छ भने आफैँ मोबाइलमा व्यस्त रहनु भयो भने तपाईँका बच्चाहरूले पनि त्यही सिक्ने छन्। तसर्थ, यो महत्त्वपूर्ण छ कि तपाईँले आफ्नो मोबाइलको प्रयोगलाई पनि सीमित गर्नुपर्छ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : ०५ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर