इजरायली हमलामा पूर्वाधिकारी मारिएपछि जिम्मेवारी सम्हालेका इरानी जनरल पनि चार दिनपछि मारिए « Khabarhub

इजरायली हमलामा पूर्वाधिकारी मारिएपछि जिम्मेवारी सम्हालेका इरानी जनरल पनि चार दिनपछि मारिए


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली आक्रमणमा परी पूर्ववर्ती मारिएपछि चार दिनअघि मात्रै जिम्मेवारी सम्हालेका इरानी सैन्य अधिकारी पनि मारिएका छन् । इजरायलको जेरुसलेम पोस्टले जनाएअनुसार इजरायली आक्रमणबाट इरानको खतम अल अन्बिया हेडक्वार्टर्सका कमाण्डर मेजर जनरल अली शादेमानी मारिएका हुन् ।

यअसघि शुक्रबार इजरायलले गरेको आक्रमणका क्रममा सोही पदमा रहेका गोलाम अली रशिद मारिएका थिए । रशिदको प्रतिस्थापनमा शादेमानीलाई जिम्मेवारी दिइएको थियो ।

इजरायली प्रतिरक्षा बल आईडीएफले शादेमानीलाई ‘युद्धकालका सर्वोच्च सैन्य कमाण्डरका सागै सर्वोच्च नेता अली खामेनेईका सबैभन्दा नजिकका व्यक्तित्व’ को संज्ञा दिएको छ । खतम अल अन्बियाले इरानको युद्धकार्य व्यवस्थापनका साथै सैन्य आक्रमण योजना स्वीकृत गर्दै आएको आईडीएफले दाबी गरेके छ ।

शुक्रबारदेखि इजरायलले इरानविरुद्ध सञ्चालन गरेको सैन्य कारवाहीका क्रममा हालसम्म इरानका दर्जनौँ वरिष्ठ सैन्य, राजनीतिक तथा आणविक नेतृत्वको मृत्यु भइसकेको छ । यसमा इस्लामिक रिभल्युसनरी गार्ड कोर आईआरजीसीका कमाण्डर मेजर जनरल होसेन सलामी, इरानी सैन्य बलका चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बघेरी, आईआरजीसीका वायुसेना कमाण्डर आमिर अली हाजीजादे मारिएका छन् ।

आईआरजीसीकै ड्रोन फौजका कमाण्डर ताहेरपोर र आईआरजीसीकै हवाई कमाण्डका प्रमुख दाभुद शेखाइन पनि इजरायली कारवाहीमा मारिएका छन् । त्यसबाहेक आईअराजीसीकै कुद्स फोर्सका कमाण्डर एस्माइल कानी पनि मारिएको जनाइएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : १७ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली