इजरायली हमलामा पूर्वाधिकारी मारिएपछि जिम्मेवारी सम्हालेका इरानी जनरल पनि चार दिनपछि मारिए « Khabarhub

इजरायली हमलामा पूर्वाधिकारी मारिएपछि जिम्मेवारी सम्हालेका इरानी जनरल पनि चार दिनपछि मारिए


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली आक्रमणमा परी पूर्ववर्ती मारिएपछि चार दिनअघि मात्रै जिम्मेवारी सम्हालेका इरानी सैन्य अधिकारी पनि मारिएका छन् । इजरायलको जेरुसलेम पोस्टले जनाएअनुसार इजरायली आक्रमणबाट इरानको खतम अल अन्बिया हेडक्वार्टर्सका कमाण्डर मेजर जनरल अली शादेमानी मारिएका हुन् ।

यअसघि शुक्रबार इजरायलले गरेको आक्रमणका क्रममा सोही पदमा रहेका गोलाम अली रशिद मारिएका थिए । रशिदको प्रतिस्थापनमा शादेमानीलाई जिम्मेवारी दिइएको थियो ।

इजरायली प्रतिरक्षा बल आईडीएफले शादेमानीलाई ‘युद्धकालका सर्वोच्च सैन्य कमाण्डरका सागै सर्वोच्च नेता अली खामेनेईका सबैभन्दा नजिकका व्यक्तित्व’ को संज्ञा दिएको छ । खतम अल अन्बियाले इरानको युद्धकार्य व्यवस्थापनका साथै सैन्य आक्रमण योजना स्वीकृत गर्दै आएको आईडीएफले दाबी गरेके छ ।

शुक्रबारदेखि इजरायलले इरानविरुद्ध सञ्चालन गरेको सैन्य कारवाहीका क्रममा हालसम्म इरानका दर्जनौँ वरिष्ठ सैन्य, राजनीतिक तथा आणविक नेतृत्वको मृत्यु भइसकेको छ । यसमा इस्लामिक रिभल्युसनरी गार्ड कोर आईआरजीसीका कमाण्डर मेजर जनरल होसेन सलामी, इरानी सैन्य बलका चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बघेरी, आईआरजीसीका वायुसेना कमाण्डर आमिर अली हाजीजादे मारिएका छन् ।

आईआरजीसीकै ड्रोन फौजका कमाण्डर ताहेरपोर र आईआरजीसीकै हवाई कमाण्डका प्रमुख दाभुद शेखाइन पनि इजरायली कारवाहीमा मारिएका छन् । त्यसबाहेक आईअराजीसीकै कुद्स फोर्सका कमाण्डर एस्माइल कानी पनि मारिएको जनाइएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : १७ बजे

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६