नेपाल जलवायु परिवर्तनबाट प्रभावित मुलुक भएकाले निरन्तर अन्तर्राष्ट्रियकरण गर्नुपर्छ’ « Khabarhub

नेपाल जलवायु परिवर्तनबाट प्रभावित मुलुक भएकाले निरन्तर अन्तर्राष्ट्रियकरण गर्नुपर्छ’


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुक भएकाले यसलाई निरन्तर अन्तर्राष्ट्रियकरण गर्ने बताएका छन् ।  

मंगलबार ललितपुरमा आयोजित ‘पोष्ट सगरमाथा संवाद’को उद्घाटन गर्दै मन्त्री ठकुरीले जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायुवित्तदेखि प्रविधि हस्तान्तरणमा फाइदा लिन सक्नुपर्ने बताए ।

काठमाडौंमा सम्पन्न सगरमाथा संवादका निष्कर्षलाई कार्यान्वयन गर्न सरकारले कार्य योजना बनाइएको भन्दै उनले तीन तहका सरकार मिलेर जलवायु असरलाई कम गर्न ध्यान केन्द्रित गर्ने उल्लेख गरे । मन्त्री ठकुरीले सबैको सहयोग र समन्वयमा २५ बुँदे सगरमाथा कार्य योजनालाई क्रमशः कार्यान्वयनमा लैजाने बताए ।  

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले जलवायुले हिमालदेखि समुद्रसम्म असर गरेको उल्लेख गर्दै जलवायुका नकारात्मक असरविरुद्ध लड्न एकजुट हुनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : १७ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली