अष्ट्रेलियाले इरानबाट आफ्ना नागरिक निकाल्ने तयारी गर्दै « Khabarhub

अष्ट्रेलियाले इरानबाट आफ्ना नागरिक निकाल्ने तयारी गर्दै


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अष्ट्रेलिया सरकारले इरानबाट नागरिकहरू निकाल्ने तयारी गरिरहेको मङ्गलबार एक जना वरिष्ठ अधिकारीले बताएका छन् ।

रक्षा तथा उद्योगमन्त्री प्याट कोनरोयले मङ्गलबार अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) रेडियोलाई सरकारले द्वन्द्वको बीचमा इरान छोड्न चाहने नागरिकहरूलाई उद्धार गरी निकाल्ने योजना बनाइरहेको बताए ।

“अहिले हवाई क्षेत्रहरू बन्द छन्, त्यसैले विमानहरू भित्र छिर्न र बाहिर निस्कन सक्दैनन्, तर हामी अष्ट्रेलियनहरूलाई निकाल्ने वा ती क्षेत्रहरू फेरि खुल्दा उनीहरूलाई व्यावसायिक उडानहरूमा जान सहयोग गर्ने योजनाहरू तयार गरिरहेका छौँ”, उनले भने ।

यस क्षेत्रमा हाल रहेका सबै अष्ट्रेलियनलाई विदेश मामिला तथा व्यापार विभाग (डीएफएटी) मा दर्ता गर्न सल्लाह दिइएको छ ।

विदेशमन्त्री पेनी वोङले सोमबार तीन सय ५० अष्ट्रेलियन नागरिकले इरान छोड्ने इच्छाबारे डीएफएटीलाई सल्लाह दिएकी थिइन् र तीन सय नागरिकले इजरायल छाड्ने जनाइएको छ । थप मानिसहरु दर्ता हुने अपेक्षा गरिएको छ ।

वोङले सरकारले मानिसहरूलाई सुरक्षित रुपमा उद्धार गर्न मद्दत गर्न विभिन्न योजनाहरूमा काम गरिरहेको बताइन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : २९ बजे

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली