जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै « Khabarhub

जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रामपुर– जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न उपभोक्तालाई सचेत गराइएको छ । रामपुरमा कृषक पाठशाला सञ्चालन गरी यहाँका उपभोक्तालाई जलवायु उत्थानशील समुदाय र पारिस्थितिकीय प्रणालीका सम्बन्धमा प्रशिक्षण दिइएको छ । 

यहाँ १८ हप्तासम्म आयोजित कृषक पाठशालामा सहभागीलाई जलाधारको महत्व, संरक्षणका उपाय, डढेलो लाग्न नदिने उपाय, उपभोक्तालाई उद्यमसँग जोड्ने विषयमा प्रशिक्षण दिइएको छ । 

पाठशाला अवधिभर उपभोक्ता समूहको काम कर्तव्य र अधिकारको सुनिश्चितता, सामुदायिक वनको कार्ययोजना तयार गरी कार्यान्वयन गराउने, नेतृत्व विकास तालिमसमेत प्रदान गरिएको छ । 

जलवायु परिवर्तनले हाम्रो खेती प्रणालीमा असर पार्ने भएकाले त्यसको असर घटाउन पाठशाला सञ्चालन गरी सहभागीलाई प्रशिक्षण दिइएको सामुदायिक वन महासङ्घ पाल्पाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए।

“वन हाम्रो जीवनको आधार भएकाले यसको संरक्षण र दिगोपन सुनिश्चित नगरी जलवायु परिवर्तनसँग लड्न सकिँदैन, वनको दिगो व्यवस्थापनले सामुदायिक वन उपभोक्ताको जीविकोपार्जन सुधार्न सक्ने अवसर पनि प्रदान गर्नेछ” उनले भने।

पाठशालाबाट सिकाइएका जलवायु उत्थानशील अभ्यास कृषकले आफ्नो जीवनशैलीमा प्रयोग गर्न सके जलवायु परिवर्तनका असर घटाउन सकिने र त्यसले वन तथा वातावरण संरक्षणमा  टेवा दिने राम्चे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद बस्यालले बताए ।  

गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको आर्थिक सहयोग, सामुदायिक वन महासङ्घको आयोजना र राम्चे सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा पाठशाला सञ्चालन भएको हो । पाठशालामा १२ महिला र आठ पुरुष सहभागी थिए ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ४ : २३ बजे

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक