जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै | Khabarhub Khabarhub

जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रामपुर– जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न उपभोक्तालाई सचेत गराइएको छ । रामपुरमा कृषक पाठशाला सञ्चालन गरी यहाँका उपभोक्तालाई जलवायु उत्थानशील समुदाय र पारिस्थितिकीय प्रणालीका सम्बन्धमा प्रशिक्षण दिइएको छ । 

यहाँ १८ हप्तासम्म आयोजित कृषक पाठशालामा सहभागीलाई जलाधारको महत्व, संरक्षणका उपाय, डढेलो लाग्न नदिने उपाय, उपभोक्तालाई उद्यमसँग जोड्ने विषयमा प्रशिक्षण दिइएको छ । 

पाठशाला अवधिभर उपभोक्ता समूहको काम कर्तव्य र अधिकारको सुनिश्चितता, सामुदायिक वनको कार्ययोजना तयार गरी कार्यान्वयन गराउने, नेतृत्व विकास तालिमसमेत प्रदान गरिएको छ । 

जलवायु परिवर्तनले हाम्रो खेती प्रणालीमा असर पार्ने भएकाले त्यसको असर घटाउन पाठशाला सञ्चालन गरी सहभागीलाई प्रशिक्षण दिइएको सामुदायिक वन महासङ्घ पाल्पाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए।

“वन हाम्रो जीवनको आधार भएकाले यसको संरक्षण र दिगोपन सुनिश्चित नगरी जलवायु परिवर्तनसँग लड्न सकिँदैन, वनको दिगो व्यवस्थापनले सामुदायिक वन उपभोक्ताको जीविकोपार्जन सुधार्न सक्ने अवसर पनि प्रदान गर्नेछ” उनले भने।

पाठशालाबाट सिकाइएका जलवायु उत्थानशील अभ्यास कृषकले आफ्नो जीवनशैलीमा प्रयोग गर्न सके जलवायु परिवर्तनका असर घटाउन सकिने र त्यसले वन तथा वातावरण संरक्षणमा  टेवा दिने राम्चे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद बस्यालले बताए ।  

गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको आर्थिक सहयोग, सामुदायिक वन महासङ्घको आयोजना र राम्चे सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा पाठशाला सञ्चालन भएको हो । पाठशालामा १२ महिला र आठ पुरुष सहभागी थिए ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ४ : २३ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना