१५ अस्पतालबाट मुटु रोगसम्बन्धी निःशुल्क सेवा उपलब्ध  « Khabarhub

१५ अस्पतालबाट मुटु रोगसम्बन्धी निःशुल्क सेवा उपलब्ध 


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले तीनवटा प्रदेशका १५ वटा अस्पतालमार्फत मुटु रोगसम्बन्धी निःशुल्क सेवा उपलब्ध गराउन थालेको छ। 

बागमती, कोशी र लुम्बिनी प्रदेशका सरकारी तथा केही निजी अस्पतालहरूमा उक्त सेवा विस्तार गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

सरकारले विशेष गरी महाधमनी(एओर्टा) सम्बन्धी जटिल शल्यक्रिया, मुटुमा पेसमेकर राख्ने, स्टेन्ट राख्ने र भल्भ पूर्णरूपमा क्षति भएको अवस्थामा उपचार खर्चमा एक लाख रुपैयाँसम्मको सहुलियत दिने व्यवस्था मिलाएको छ।

यस्ता गम्भीर स्वास्थ्य समस्या भएका बिरामीहरूले सेवा लिन स्थायी बसोबास रहेको वडाबाट विपन्नता पुष्टि गर्ने सिफारिसपत्र लिएर सम्बन्धित अस्पतालमा जानुपर्नेछ। मन्त्रालयका अनुसार प्राथमिकतामा परेका बिरामीलाई सुलभ सेवा दिन अस्पतालहरूलाई आवश्यक निर्देशन दिइएको छ ।

बागमती प्रदेशमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल, कान्ति बाल अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, मनमोहन कार्डियोथोरासिक केन्द्र, मानव अङ्ग प्रत्यारोपण केन्द्र, चितवन मेडिकल कलेज, बयोदा अस्पताल बल्खु, धुलिखेल अस्पताल काभ्रे र भरतपुर अस्पतालबाट सेवा दिइँदैछ।

त्यस्तै, कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज विराटनगर र न्युरो कार्डियो मल्टिस्पेसियालिटी अस्पतालमार्फत सेवा सञ्चालन गरिएको छ। लुम्बिनी प्रदेशमा भने गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवललाई सेवा दिने संस्थाका रूपमा तोकिएको छ।

स्वास्थ्य मन्त्रालयले ती अस्पतालहरूमा मुटुरोगसम्बन्धी सेवा गुणस्तरीय र पारदर्शी ढंगले उपलब्ध गराउने सुनिश्चिततासमेत गरेको जनाएको छ। यो सुविधा आगामी दिनमा अन्य प्रदेशहरूमा पनि विस्तार गर्दै लैजाने मन्त्रालयको योजना रहेको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ४ : ३९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका