इजरायलले रणभूमि विस्तार गर्‍यो : जोर्डनका नरेश अब्दुल्लाह « Khabarhub

इजरायलले रणभूमि विस्तार गर्‍यो : जोर्डनका नरेश अब्दुल्लाह


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले ‘रणभूमि’ विस्तार गरिरहेको जोर्डनका नरेश अब्दुल्लाहले बताएका छन् । फ्रान्सको स्ट्रसबोरस्थित युरोपेली संसदलाई सम्बोधन गर्दै जोर्डनका हाशेमी नरेश अब्दुल्लाहले इजरायल र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न पनि आग्रह गरे ।

उनले यस द्वन्द्वलाई विश्वव्यापी खतराका रुपमा व्याख्या पनि गरेका छन् । ‘इजरायलले इरानलाई समेत समेटेर आक्रमणलाई विस्तार गरिरहेको छ, यस रणभूमिको सीमा कहाँ सकिन्छ कसैलाई थाहा छैन, र यो हरेक ठाउँका जनताका लागि खतरा छ ।’ अब्दुल्लाहलाई उद्धृत गर्दै कतारी टेलिभिजन अल जजीराले जनाएको छ ।

उनले विश्वले निर्णायक रुपमा यसबारे कदम नचाले इजरायली अपराधको भागिदार हुनुपर्ने पनि उल्लेख गरे । जोर्डन इजरायलको पूर्वी छिमेकी मुलुक हो ।

यसको दक्षिणमा साउदी अरब, पूर्वमा इराक र उत्तरमा सिरिया छन् । मध्यपूर्वको प्रभावशाली मुलुक मानिने जोर्डनका राजाको यस्तो बयानलाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ६ : ४० बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष