इजरायलले तेहरानमा व्यापक हमला गर्दैछ : रक्षामन्त्री कट्ज « Khabarhub

इजरायलले तेहरानमा व्यापक हमला गर्दैछ : रक्षामन्त्री कट्ज


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली रक्षामन्त्री इजरायल कट्जले इरानको राजधानी तेहरानमा व्यापक हमला गरिने घोषणा गरेका छन् । मध्य इजरायलमा पत्रकारहरुसँग कुराकानी गर्दै रक्षामन्त्री कट्जले आफ्नो वायुसेनाले तेहरानमा व्यापक हमला गर्ने जनाएका हुन् ।

उनले इजरायली वायुसेनाले ‘निकै महत्वपूर्ण निशाना, रणनीतिक निशाना, सत्ताको निशाना र पूर्वाधार’ मा आक्रमण गर्ने बताए । उनले आफ्नो सेनाले आक्रमणअघि नजिकैका मानिसहरुलाई भागेर जाने चेतावनी जारी गर्ने पनि उल्लेख गरे ।

उनले इरानको भूमिगत फोर्दो आणविक केन्द्रलाई पनि निशाना बनाउने विषयलाई ‘सम्बोधन गरिने’ बताए । उनले तेहरानमा ‘१० भन्दा धेरै निशाना’ रहेको र ती निशानालाई इजरायलले ध्वस्त पार्ने तयारीमा रहेको बताए ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ६ : ५१ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट