स्कटल्याण्डको विकेट वर्षा गराउँदै नेपाल, लियो पाँचौँ विकेट « Khabarhub

स्कटल्याण्ड त्रिकोणात्मक टी२० सिरिज

स्कटल्याण्डको विकेट वर्षा गराउँदै नेपाल, लियो पाँचौँ विकेट


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलका नेपालले घरेलु टोली स्कटल्याण्डको विकेट वर्षा गराएको छ ।

यो समाचार तयार पार्दासम्म ४.५ ओभरको खेल सकिँदा स्कटल्याण्डले पाँच विकेट गुमाइसकेको छ । दीपेन्द्रसिंह ऐरीले एक, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका हुन्‌ ।

ऐरीले ०.५ ओभरमा स्कटल्याण्डका ओपनर ब्याटर मार्क वाटको विकेट लिए । वाट एक रन जोडेर पेभेलियन फर्किए ।

१.३ ओभरमा स्कटल्याण्डका अर्का ओपनर जर्ज मुन्सी पनि आठ रन बनाएर आउट भए । करन केसीको बलमा मुन्सीलाई दीपेन्द्रसिंह ऐरीले क्याचआउट गराए ।

१.४ ओभरमा अर्का ब्याट्सम्यान लियाम नायलर पनि करनले लोकेश बमको थ्रोइङमा विकेटकिपर अनिल साहको हातबाट रनआउट गराए ।

३.४ ओभरमा करणले नै स्कटल्याण्डका अर्का ब्याट्सम्यान फिन्ले क्याक्कार्थलाई जम्मा दुई रनमा रुपेश सिंहको क्याचबाट आउट गराए ।

४.५ ओभरमा ललितले ब्राण्डन म्याकमुलनलाई रोहित पौडेलको हातबाट क्याचआउट गराए । म्याकमुलनले जम्मा १० रन जोडे ।

यो समाचार तयार पार्दासम्म ५.३ ओभरको खेलमा स्कटल्याण्डले पाँच विकेटको क्षतिमा जम्मा २८ रन जोड्न सकेको छ ।

नेपालले घरेलु टोलीविरुद्ध टस जितेर पहिलो इनिङमा बलिङ गर्दैछ । सिरिजको तेस्रो खेलमा टस जितेर नेपालले स्कटल्याण्डविरुद्ध फिल्डिङ रोजेको हो ।

सोमबार नेदरल्याण्डस्‌विरुद्ध तेस्रो ओभरमा खेल गुमाएको नेपाल आज पहिलो जीत निकाल्ने प्रयासमा छ । पहिलो खेलमा नेदरल्याण्डस्‌लाई ३९ अङ्कले पराजित गर्दै दुई अङ्क जोडेको स्कटल्याण्ड पनि लगातार दोस्रो जीतको खोजीमा हुनेछ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : १७ बजे

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित