नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड | Khabarhub Khabarhub

स्कटल्याण्ड त्रिकोणात्मक टी२० सिरिज

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा घरेलु टोलीले नेपाललाई ९८ रन लक्ष्य दिएको छ । नेपाली बलर लगातार हावी भएपछि स्कटल्याण्डले १०० रन पनि जोड्न नसकेको हो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । लामिछानेले १२.२ ओभरमा स्कटल्याण्डका क्रिस्टोफर म्याकब्रिज, १२.३ ओभरमा म्याथ्यू क्रस, १६.३ ओभरमा सफायान शरीफ र १६.५ ओभरमा ज्याक जार्भिसको विकेट लिएका हुन्‌ ।

अराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिए । ऐरीले ०.५ ओभरमा स्कटल्याण्डका ओपनर ब्याटर मार्क वाटको विकेट लिएका थिए । १९.४ ओभरमा स्कटल्याण्डको दशौँ विकेटका लिँदै ऐरीले नै मिचेल लिस्कलाई पेभेलियन फर्काइदिए ।

१.३ ओभरमा स्कटल्याण्डका अर्का ओपनर जर्ज मुन्सीलाई करण केसीले ऐरीको हातबाट क्याचआउट गराए । १.४ ओभरमा अर्का ब्याट्सम्यान लियाम नायलर पनि करणले लोकेश बमको थ्रोइङमा विकेटकिपर अनिल साहको हातबाट रनआउट गराए ।

३.४ ओभरमा करणले नै स्कटल्याण्डका अर्का ब्याट्सम्यान फिन्ले क्याक्कार्थलाई जम्मा दुई रनमा रुपेश सिंहको क्याचबाट आउट गराए ।

४.५ ओभरमा ललितले ब्राण्डन म्याकमुलनलाई रोहित पौडेलको हातबाट क्याचआउट गराए । म्याकमुलनले जम्मा १० रन जोडे ।

नेपालले घरेलु टोलीविरुद्ध टस जितेर पहिलो इनिङमा बलिङ गर्दैछ । सिरिजको तेस्रो खेलमा टस जितेर नेपालले स्कटल्याण्डविरुद्ध फिल्डिङ रोजेको हो ।

सोमबार नेदरल्याण्डस्‌विरुद्ध तेस्रो ओभरमा खेल गुमाएको नेपाल आज पहिलो जीत निकाल्ने प्रयासमा छ ।

पहिलो खेलमा नेदरल्याण्डस्‌लाई ३९ अङ्कले पराजित गर्दै दुई अङ्क जोडेको स्कटल्याण्ड पनि लगातार दोस्रो जीतको खोजीमा हुनेछ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ९ : १९ बजे

प्लाष्टिक सर्जरीमा न्यून जनशक्ति, क्यान्सरदेखि जलनसम्मका बिरामी प्रभावित

सौन्दर्यका लागि मात्रै नभई शल्यक्रिया गर्नुपर्ने धेरै किसिमका जटिल रोगको

चन्द्रागिरिको बजेट दुई अर्ब ९३ करोड ४६ लाख पारित

काठमाडौं– चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ /८३ को लागि

भ्रष्टाचारका विषयमा सरकारले आँखा चिम्लिएर बस्दैन : प्रवक्ता गुरुङ

काठमाडौं– सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले भ्रष्टाचार गरेको पुष्टि भए जोकोहीमाथि

लिम्बुवानी दस्ताबेज ‘याक्थुङ साप्मुन्धुम’ हङकङमा लोकार्पण

सुनसरी– याक्थुङ लिम्बू इतिहासकार लीलाबहादुर तुम्बाहाङ्फेद्वारा लिखित ‘याक्थुङ साप्मुन्धुम’ को

महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ

काठमाडौं–  महानगर यातायात प्रालिले आजदेखि  विद्युतीय बस सञ्चालनमा ल्याएको छ