नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड « Khabarhub

स्कटल्याण्ड त्रिकोणात्मक टी२० सिरिज

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा घरेलु टोलीले नेपाललाई ९८ रन लक्ष्य दिएको छ । नेपाली बलर लगातार हावी भएपछि स्कटल्याण्डले १०० रन पनि जोड्न नसकेको हो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । लामिछानेले १२.२ ओभरमा स्कटल्याण्डका क्रिस्टोफर म्याकब्रिज, १२.३ ओभरमा म्याथ्यू क्रस, १६.३ ओभरमा सफायान शरीफ र १६.५ ओभरमा ज्याक जार्भिसको विकेट लिएका हुन्‌ ।

अराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिए । ऐरीले ०.५ ओभरमा स्कटल्याण्डका ओपनर ब्याटर मार्क वाटको विकेट लिएका थिए । १९.४ ओभरमा स्कटल्याण्डको दशौँ विकेटका लिँदै ऐरीले नै मिचेल लिस्कलाई पेभेलियन फर्काइदिए ।

१.३ ओभरमा स्कटल्याण्डका अर्का ओपनर जर्ज मुन्सीलाई करण केसीले ऐरीको हातबाट क्याचआउट गराए । १.४ ओभरमा अर्का ब्याट्सम्यान लियाम नायलर पनि करणले लोकेश बमको थ्रोइङमा विकेटकिपर अनिल साहको हातबाट रनआउट गराए ।

३.४ ओभरमा करणले नै स्कटल्याण्डका अर्का ब्याट्सम्यान फिन्ले क्याक्कार्थलाई जम्मा दुई रनमा रुपेश सिंहको क्याचबाट आउट गराए ।

४.५ ओभरमा ललितले ब्राण्डन म्याकमुलनलाई रोहित पौडेलको हातबाट क्याचआउट गराए । म्याकमुलनले जम्मा १० रन जोडे ।

नेपालले घरेलु टोलीविरुद्ध टस जितेर पहिलो इनिङमा बलिङ गर्दैछ । सिरिजको तेस्रो खेलमा टस जितेर नेपालले स्कटल्याण्डविरुद्ध फिल्डिङ रोजेको हो ।

सोमबार नेदरल्याण्डस्‌विरुद्ध तेस्रो ओभरमा खेल गुमाएको नेपाल आज पहिलो जीत निकाल्ने प्रयासमा छ ।

पहिलो खेलमा नेदरल्याण्डस्‌लाई ३९ अङ्कले पराजित गर्दै दुई अङ्क जोडेको स्कटल्याण्ड पनि लगातार दोस्रो जीतको खोजीमा हुनेछ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ९ : १९ बजे

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण

आन्दोलनले चिन्ने, सत्ताले नचिन्ने युवाशक्ति

लामो इतिहासपछि देश युवाको काँधमा सरेको छ । यसअघिका सारा

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट