नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन | Khabarhub Khabarhub

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा घरेलु टोलीले पनि कसिलो जवाफी बलिङ फर्काएको छ ।

दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेपालले १५.२ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा ७७ रन जोडेको छ ।

स्कटल्याण्डको ग्लास्गोमा टस जितेर पहिलो इनिङ बलिङ गरेको नेपालले सबै १० विकेट गुमाएर जम्मा ९७ रन जोडेको थियो । नेपालले जीत हात पार्न ९८ रनको लक्ष्य पाएको हो ।

नेपालका कुशल भुर्तेल ३०, लोकेश बम ९, अनिल साह ३ र रोहित पौडेल ७, दीपेन्द्रसिंह ऐरी १४ र बसिर अहमद १३ रन जोडेर पेभेलियन फर्किए । यो समाचार तयार पार्दासम्म हाल क्रिजमा रहेका किरन ठगुन्ना र रुपेश सिंहले रन जोडिसकेका छैनन्‌ ।

सोमबार नेदरल्याण्डस्‌विरुद्ध तेस्रो ओभरमा खेल गुमाएको नेपाल आज पहिलो जीत निकाल्ने प्रयासमा छ ।

पहिलो खेलमा नेदरल्याण्डस्‌लाई ३९ अङ्कले पराजित गर्दै दुई अङ्क जोडेको स्कटल्याण्ड पनि लगातार दोस्रो जीतको खोजीमा हुनेछ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : ३३ बजे

मोबाइलमा आएको एउटा मेसेजले फेरिएको बाटो

काठमाडौंं – फिल्म क्षेत्रमा आफ्नो करिअर बनाउन दशक बढी संघर्ष

चेपाङ समुदायको उत्थानका लागि चिउरीका बेर्ना वितरण

चितवन– इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायलाई तीन हजार चिउरीका बिरुवा वितरण गरिएको

ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ

काठमाडौं– ललितपुर प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य

हाइकिङसँग जोडिँदै कालाबाङ घरेडी बुद्धउद्यान

गण्डकी– ‘हाइकिङ’मार्फत पोखरा आसपासका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्दै आएको हाइकर्स

पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

ढोरपाटन– हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान