नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन « Khabarhub

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा घरेलु टोलीले पनि कसिलो जवाफी बलिङ फर्काएको छ ।

दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेपालले १५.२ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा ७७ रन जोडेको छ ।

स्कटल्याण्डको ग्लास्गोमा टस जितेर पहिलो इनिङ बलिङ गरेको नेपालले सबै १० विकेट गुमाएर जम्मा ९७ रन जोडेको थियो । नेपालले जीत हात पार्न ९८ रनको लक्ष्य पाएको हो ।

नेपालका कुशल भुर्तेल ३०, लोकेश बम ९, अनिल साह ३ र रोहित पौडेल ७, दीपेन्द्रसिंह ऐरी १४ र बसिर अहमद १३ रन जोडेर पेभेलियन फर्किए । यो समाचार तयार पार्दासम्म हाल क्रिजमा रहेका किरन ठगुन्ना र रुपेश सिंहले रन जोडिसकेका छैनन्‌ ।

सोमबार नेदरल्याण्डस्‌विरुद्ध तेस्रो ओभरमा खेल गुमाएको नेपाल आज पहिलो जीत निकाल्ने प्रयासमा छ ।

पहिलो खेलमा नेदरल्याण्डस्‌लाई ३९ अङ्कले पराजित गर्दै दुई अङ्क जोडेको स्कटल्याण्ड पनि लगातार दोस्रो जीतको खोजीमा हुनेछ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : ३३ बजे

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै