आज २०८२ साल साउन १ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन १ गते बिहीबारको राशिफल


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन १ गते बिहीबार। साउन कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुलाई १७ तारिख। लुतो फाल्ने दिन। बैतडीमा विश्वनाथ मन्दिरमा साउने मेला सुरु। थारु समुदायको गुरिया पर्व परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। आर्थिक कारोबारमा संघर्ष गर्नुपर्ने छ। व्यवहारमा मिहिनेत गर्नुपर्ने दिन छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यक देखिन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ। सहकार्यमा गरेको कारोबारबाट फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। ठूला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। घर र जग्गा सम्बन्धी कारोबार फस्टाउने छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

मिथुन : दिन राम्रो छ। उच्च पदका व्यक्तिसँग भेट हुनेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्ने छ। स्वदेशमै विकासको विकल्प देखेर मनमा खुशी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा बढुवा हुनेछ। खर्च बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : सानो कुराले मनमा झन्झट बढ्नेछ। सहकर्मीसँग कम बोल्नु उचित हुन्छ। मनमा चिन्ता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहज बन्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : दिन राम्रो छ। परिवारसँग घुमघामको तय हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी शान्त भएकाले सोचेको काम बन्ने छ। वैदेशिक रोजगारीका सम्भावना बढेर जानेछन्। कामको बोझ भने थपिने छ।

तुला : दिन सामान्य छ। श्रमको शोषण गर्ने जोखिम रहेको छ। अरुलाई समय दिँदा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। परिवारभित्रबाट भन्दा साथीले तपाईंको प्रशंसा गर्नेछन्।

वृश्चिक : दिन राम्रो छ। पञ्चम स्थानमा चन्द्रमा पुगेकाले बौद्धिक साथीसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।

धनु : दिन सामान्य छ। साना कुराले मन अशान्त बन्नेछ। अरुको कुरा सुन्ने बानी चटक्कै छोड्नु उचित हुन्छ। विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

मकर : आज दिन राम्रो रहेको छ। सञ्चित धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ। मन शान्त बन्ने योग छ।

कुम्भ : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले यसको सदुपयोग गर्नुपर्ने दिन छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारको विवादलाई ख्याल नगरी अगाडि बढ्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ।

मीन : दिन राम्रो छ। आफ्नै राशीमा चन्द्रमा पुगेका छन्। सोचेको काम बन्नेछ। शिक्षामा प्रगति हुनेछ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुन्छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ५ : ०६ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक