दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता « Khabarhub

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा चार विकेटको रोमाञ्चक जित हात पारेको छ। तीन खेलको शृङ्खलामा भारतलाई १-० को अग्रता दिलाउन दीप्ति शर्माको अर्धशतकीय पारीको महत्त्वपूर्ण भूमिका थियो।

२५९ रनको लक्ष्य पछ्याएको भारतले ६ विकेटको क्षतिमा १० बल बाँकी रहँदा २६२ रन जोडेको हो। दीप्ति ६४ बलमा ६२ रन जोड्दै अविजित भइन्। जेमिना रोड्रिगुयजले ५४ बलमा ३८ रन प्रहार गरिन्। अंकुत कौरले अविजित रहँदै १४ बलमा २० रनको योगदान गरिन्।

यसअघि साउथहप्टनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेटको क्षतिमा २५८ रन जोडेको हो।

घरेलु टोलीका लागि सोफिया डंकलीले अविजित रहँदै ९२ बलमा ८३ रनको योगदान गरिन्। यसैगरी, एलाइस डेभिडसनले ५३ रनको योगदान गरिन्।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ७ : १३ बजे

भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव र बिजनेस एक्स्पो’

काठमाडौं– नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज