लोप हुँदै साउने सङ्क्रान्तिमा लुतो फाल्ने संस्कृति « Khabarhub

लोप हुँदै साउने सङ्क्रान्तिमा लुतो फाल्ने संस्कृति


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– यहाँका छन्त्याल तथा मगर समुदायले हरेक वर्ष साउने सङ्क्रान्ति भव्य रूपमा मनाउने गर्छन् । इष्टमित्र र चेलीबेटी जम्मा भएर दुःख सुख साट्ने पर्वका रूपमा साउने सङ्क्रान्तिलाई लिने गरिन्छ । तर पछिल्लो समय बिस्तारै लुतो फाल्ने संस्कृति हराउँदै गएको छ । 

आधुनिक प्रविधिको विकास र पश्चिमा संस्कृतिको प्रभावसँगै पुराना संस्कृति लोप हुन थालेको बुढापाका बताउँछन् । बिहानदेखि साँझसम्म टाढिएका आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दुःख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने चलन कम भएको निसीखोला गाउँपालिका–६ का ७८ वर्षीय तिलबहादुर बुढा मगरले बताए। 

गाउँमा हाल पाँच÷सात जना मात्रै पाका पुस्ता रहेकाले उनीहरु रहँदासम्म मात्र परम्परा जिवित हुने अवस्था रहेको बुढा मगरकोे चिन्ता छ ।

 ‘हामीले चाडबाड भन्दा प्रविधिलाई बढी महत्व दिन थालेका छौँ, हाम्रो बाउबाजेदेखिको पुराना चलनहरु पहिलेको तुलनामा अभ्यासमा अहिले निकै घटेको छ,’ बुढा मगरले भने, ‘लुतो फाल्दा किरा फट्याङ्ग्राले बालीनाली नष्ट गर्दैन, शरीरमा रोग लाग्दैन भन्ने मान्यता छ ।’

साउने सङ्क्रान्तिको साँझ कुरिलो, लुतेझार, पानीसरो, कागभलायो, कुकुरडाइनो, रातपातेलगायत औषधीय गुण बोकेका वनस्पतिका र कागती, अमिलो बेलौतीलगायतका फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फाल्ने गरिए पनि उक्त चलन हराएको तमानखोला गाउँपालिका–३ का पूर्णबहादुर घर्ती मगरले बताए।

लुतो फाल्दा नाङ्लो ठटाउने, डम्फू बजाउने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । यसरी लुतो फाल्दा रोगव्याधी नलाग्ने, बालीनाली राम्रो हुने र पशुचौपायालाई राम्रो हुने जनविश्वास रहेको घर्ती मगरको भनाइ छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ११ : ५८ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख