विधान महाधिवेशन तयारीका क्रममा एमाले सचिवालय बैठक बस्दै « Khabarhub

विधान महाधिवेशन तयारीका क्रममा एमाले सचिवालय बैठक बस्दै


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज पार्टी मुख्यालय, च्यासलमा बस्दै छ ।

एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुने जानकारी दिए । पार्टीको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्नेगरी एमालेले आवश्यक तयारी गरिरहेको छ ।  

यस्तै सोही विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । 

आज बस्ने एमाले सचिवालय बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने कार्यालय सचिव डा अधिकारीले बताए। यसअघि गत असार ११ गते एमालेको ५३औँ सचिवालय बैठक बसेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १२ : २१ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको