हत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

हत्या गरेको आरोपमा एक जना पक्राउ


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

इलाम– माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका-१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सूर्योदय नगरपालिका-१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाई र उनको भाइ प्रकाश चापागाईलाई किरणले धारिलो हतियार प्रहार गर्दा प्रकाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

साथै घाइते भएका निरोजलाई फिक्कल अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १ : ०६ बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश