छाउगोठ बनाउने र बस्न बाध्य पार्नेको सरकारी सुविधा रोक्ने तयारी | Khabarhub Khabarhub

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेको सरकारी सुविधा रोक्ने तयारी


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले छाउगोठसम्बन्धी कुरीतिविरुद्ध नीतिगत रुपमै कदम चालिने बताएका छन् ।

उनले छाउगोठ बनाउने र महिनावारी हुँदा त्यसमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुनर्विचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताए ।

बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीसँगको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भनेर देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताए ।

‘महिनावारीमा ठुलो अन्धविश्वासले काम गरेको छ’, मन्त्री लेखकले भने, ‘यसलाई हटाउने गरी अगाडि बढ्न अन्तरपार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ ।’

महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकले बताए ।

‘महिलाहरुको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु’, लेखकले भने, ‘अपराध गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ ।’

त्यस क्रममा अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष ममता गिरीसहितको टोलीले महिला बालबालिकामाथि हुने गरेको विभेद र हिंसाका घटना बढिरहेको भन्दै त्यसको नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापन पत्र पनि दिएको छ।

असार २७ गते कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिक-१ निगालीमा छाउपडी गोठमा सुतेका बेला सर्पले टोकेर ३२ वर्षीया कमला आउजीको ज्यान गएको थियो ।

त्यसपछि देशभर छाउपडीविरुद्ध आक्रोश देखिएको छ। भारतमा मजदुरी गरेर पक्की घर बनाएकी उनी महिनावारी हुँदा छाउगोठमा सुत्न पुगेकी थिइन् । उनलाई त्यहीँ सर्पले टोकेर ज्यान गएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  २ : २७ बजे

कोशी ब्यारेजमा जलसतह बढेपछि ३१ ढोका खोलियो

सुनसरी – सप्तकोशी नदीमा पानीको सतह बढेको छ। जिल्ला प्रहरी

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ १६ गते सोमबार । भाद्र

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १६ गते सोमबार ।

गंगा सोनामले जितिन् ‘नेपाल आइडल सिजन–६’को उपाधि

काठमाडौं – चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनमा