तीन महिनाको विपद् : ९३ जनाको मृत्यु, २२ बेपत्ता | Khabarhub Khabarhub

तीन महिनाको विपद् : ९३ जनाको मृत्यु, २२ बेपत्ता


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको तीन महिनामा ती विपद्जन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार ती घटनामा परेर आजसम्म चार सय ४५ जना घाइते भएका छन् । उनले ती घटनामा परेर चार हजार १३६ परिवार प्रभावित भएका जानकारी दिए।

प्राधिकरणले आज सार्वजनिक गरेको विसं २०८२ को पछिल्लो तीन महिनाको विवरणअनुसार बाढीका मात्रै एक सय ३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् । 

केही दिनअघि गत असार २४ गते रसुवा भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति गराएको थियो । माथिल्लो क्षेत्रमा भएको हिमताल विष्फोटबाट उक्त घटना भएको थियो ।

यस्तै पहिरोका एक सय ७५ घटनामा छ जनाको मृत्यु भएको छ । चट्याङ्बाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको प्रवक्ता सुनारले जानकारी दिए । अन्य हावाहुरी, सर्पदंश, भारी वर्षाबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ ।

बाढीबाट मात्रै एक हजार २४६ तथा आगलागीबाट एक हजार ४८ परिवार प्रभावित भएका छन् । पहिरो, चट्याङ्, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायत घटनाबाट सयौँ परिवार प्रभावित भएका जनाइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  २ : ४९ बजे

एनसेल फाउण्डेसनसँगको सहकार्यमा किरण मानन्धरको चित्रकला प्रदर्शनी सुरु

काठमाडौं – एनसेल फाउण्डेसनसँगको सहकार्यमा कलाकार किरण मानन्धरको विशेष चित्रकला

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौं – नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम

रानाथारु समुदायमा ‘सावनको डोला’

कञ्चनपुर – यतिबेला कैलाली कञ्चनपुरका रानाथारु बस्तीमा सावनको डोलाको रौनक

दक्षिण सिरिया जारी हिंसामा ५०० भन्दा बढीको मृत्यु

लण्डन – दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा केही दिनदेखि जारी झडपमा

देउडा गुञ्जिने सांस्कृतिक थलो र पर्यटनको संगम बन्यो ‘वीरेखोला झरना’

धनगढी– असारको काम सकिएपछि यहाँका अधिकांश स्थानीय गाउँ माथिको लेक