गत वर्ष ५७ अर्ब वैदेशिक अनुदान र सवा दुई खर्ब ऋणको प्रतिबद्धता « Khabarhub

गत वर्ष ५७ अर्ब वैदेशिक अनुदान र सवा दुई खर्ब ऋणको प्रतिबद्धता


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१-८२ मा नेपाललले झण्डै पौने तीन खर्ब वैदेशिक ऋण तथा अनुदान सहायताको प्रतिबद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार गत आवमा नेपालले ५७ अर्ब ५० करोड ३१ लाख ५० हजार वैदेशिक अनुदान र दुई खर्ब १५ अर्ब ५४ करोड ३२ लाख २० हजार रुपैयाँ बराबरको वैदेशिक ऋण सहायताको प्रतिबद्धता प्राप्त गरेको हो ।

मन्त्रालयका अनुसार प्राप्त भएको कुल सहायतामध्ये द्विपक्षीय सहायता प्रतिबद्धताको रकम ४३ अर्ब ५१ करोड १७ लाख ८० हजार रुपैयाँ बराबरको रहेको छ भने दुई खर्ब २९ अर्ब  ५३ करोड ४५ लाख ९० हजार रुपैयाँ बहुपक्षीय सहायता प्रतिबद्धता अन्तर्गतको रहेको छ ।

मन्त्रालयका अनुसार नेपालले गत आर्थिक वर्षमा विभिन्न ३३ वटा परियोजना तथा कार्यक्रमको लागि ती वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको हो । जसमा भौतिक पूर्वाधार, यातायात, वातावरण तथा जलवायु परिवर्तन, सुशासन, सामाजिक, पोषण, वन तथा वातावरण, पहिरो, पानी, उर्जा, विपत्ति, शिक्षा लगायतका क्षेत्रमा काम गर्नेगरी ती सहायता प्रतिबद्धता प्राप्त भएका छन् ।

महालेखा नियन्त्रकको कार्यालका अनुसार भने गत आर्थिक वर्षको असार मसान्तसम्म अर्थात् एक वर्षको अवधिमा नेपालले वैदेशिक अनुदान वापत २३ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ प्राप्त गरेको छ । जुन रकम गत आर्थिक वर्षको सुरुवाती बजेट लक्ष्यको जम्मा ४४.९७ प्रतिशत मात्रै हो ।

गत आर्थिक वर्षको बजेटमा नेपालले ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ३ : ४३ बजे

निर्वाचनको मत परिणामको नजिता छिटो सार्वजनिक गर्नेगरि तयारी गरेका छौँ : आयोग

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको मत परिणामको नजिता छिटो सार्वजनिक

गगनको ‘कोर क्षेत्र’ मा सचिनको घरदैलो (तस्बिरहरू)

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका

रविले सर्लाही टेकेपछि उत्साहित अमरेश सिंह

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सर्लाही क्षेत्र

‘संवैधानिक प्रक्रियालाई सही ठाउँमा ल्याउन आगामी निर्वाचन महत्त्वपूर्ण’

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेलले लिगबाट बाहिर रहेको संवैधानिक